तुलसीपुर, १ फागुन । जनयुद्ध दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बाँसगढीमा शुभकामना साटासाट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार निर्मल आचार्य सहभागी भई स्थानीय बासिन्दा तथा कार्यकर्तासँग शुभकामना आदानप्रदान गर्नुभएको हो।
उक्त अवसरमा बोल्दै आचार्यले जनयुद्धका उपलब्धिहरूको संरक्षण गर्दै सामाजिक न्याय, विकास र समावेशी परिवर्तनको यात्रालाई थप सुदृढ बनाउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै जनताको अधिकार सुनिश्चित गर्न निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा स्थानीय अगुवा, पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका सहभागीहरुले आपसी सद्भाव, एकता र राजनीतिक जागरणलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
