दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किरण किशोर घिमिरेले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन्।
बुधबार घोराही उपमहानगरपालिका वडा नम्बर–१४ स्थित टेलिकम टोलमा गरिएको घरदैलोका क्रममा उम्मेदवार घिमिरेले बृद्धबृद्धासँग आशिर्वाद लिँदै आगामी निर्वाचनमा समर्थन र मत मागेका थिए। घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले स्थानीय समस्या सुन्नुका साथै कांग्रेसले अघि सारेका एजेन्डाबारे जानकारी गराएका थिए।
घरदैलो कार्यक्रममा घिमिरेसँगै राष्ट्रियसभा निवर्तमान सचेतक अनिता देवकोटा, कांग्रेस महासमिति सदस्य भुपबहादुर डाँगी, जिल्ला सदस्य वीरबहादुर खत्री (बुरु), खेमराज विश्वकर्मा, राजकुमार धिताल, प्रदेश सचिव शिशिर अधिकारीलगायत स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
अभियानका क्रममा सहभागी नेताहरूले कांग्रेसको नेतृत्वमा मात्र स्थायित्व, विकास र समावेशी लोकतन्त्र सम्भव हुने भन्दै मतदातालाई कांग्रेसलाई समर्थन गर्न आग्रह गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
