• २६ माघ २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घरदैलो अभियानमा उम्मेदवार घिमिरे, जनताको मन जित्दै




दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरणकिशोर घिमिरेले सोमबार बिहानैदेखि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१७ को मानपुर क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो पक्षमा जनमत अभिवृद्धि गर्ने उद्देश्यसहित उम्मेदवार घिमिरेले घरदैलो अभियानलाई तीव्रता दिएका हुन्। यस क्रममा उनले मानपुरका विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका गुनासा, सुझाव र अपेक्षा सुनेका छन्।

घरदैलो तथा भेटघाटका क्रममा स्थानीय विकास, सेवा–सुविधा, रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका विषयमा मतदाताले आफ्ना धारणा राखेका थिए। उम्मेदवार घिमिरेले जनताका समस्यालाई प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटघाट कार्यक्रममा , स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। घरदैलो अभियानमा उम्मेदवार घिमिरेसँगै दाङ क्षेत्र २ ख का सभापति अभियान बस्नेत , उपसभापति सरद समीर लगायत नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरू पनि सक्रिय रूपमा सहभागी रहेका थिए।

Facebook Comments