• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गायिका प्रिती आले मगरको प्रस्तुतीले दर्शक नचाए




घोराही। दाङ घोराही दोस्रो पर्यटन तथा सांस्कृतिक मेलाको सांगीतिक कार्यक्रममा चर्चित गायिका प्रिती आले मगरको सशक्त प्रस्तुतीले दर्शकहरूलाई नचाउन सफल भएको छ। स्टेजमा उत्रिएसँगै उनले एकपछि अर्को लोकप्रिय गीत प्रस्तुत गर्दै मेलाको माहोल तताएकी थिइन्।
गायिका आलेले बन्दी पुरै ठिटो, बामरी बामरी, डाँडै माथि पिपल, सोल्टी राजाको कम्मरमा पानी, दोहोरी ब्याटल, रोधी घर, आयो तेरो सर र झोरा जस्ता चर्चित गीतहरू गाएपछि दर्शकहरू नाच्न र झुम्न बाध्य बने। दर्शकको उत्साह र तालीले स्टेज भरिएको थियो।

कार्यक्रममा गायक प्रेम शर्माले लुकी लुकी हेर्न मन लाग्यो, माली गाईलाई बाँधेको दाम्ला र बसिसक्यो माया, गीत प्रस्तुत गरे भने गायक सुदन थापाले माया प्रेम नजिक भयो, तिम्रो आत्मामा मेरो आत्मा छ र पापै लागोस् तँलाई पापी नि गीतमार्फत दर्शकको मन जितेका थिए।
त्यस्तै मोडल तथा डान्सर चाहना झाँक्रीको नृत्यले दर्शकलाई थप मनोरञ्जन दिएको थियो भने डान्सर मिरा घर्ती र बिरा घर्तीको प्रस्तुतिले पनि कार्यक्रममा आकर्षण थपेको थियो।

कार्यक्रमको सञ्चालन माधव जोन खत्रीले गरेका थिए। सांस्कृतिक संयोजक गोपाल बुढा मगरका अनुसार पर्यटन तथा सांस्कृतिक मेलाले स्थानीय कला, संस्कृति र पहिचानलाई आत्मसात् गर्दै आफ्नो मौलिकपन बोकेको छ।
मेलामा कलाकारहरूको प्रभावशाली प्रस्तुतिले दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो।

Facebook Comments