• १ चैत्र २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कारबाट खनाल सम्मानित




श्रवण कुमार यादव
देउखुरी, २४ पुस। पत्रकार एवम् सर्प उद्दारकर्ता शिवु खनाल सम्मानित हुनु भएको छ । बिहिवार लमही नगरपालिकाकाे १८ औँ नगर सभाकाे अवसरमा पत्रकार एवम् सर्प उद्दारकर्ता खनाल वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कार २०८२ सहित सम्मानित हुनु भएको हाे ।

वन्यजन्तु संरक्षण क्षेत्रमा क्रियाशील रहि समग्र लमही नगरपालिका क्षेत्रबाट विभिन्न प्रजातिका एक हजार भन्दा बढि विषालु, अविषालु सर्पकाे सकुशल उद्दार गरि पृथ्वीमा पारिस्थितिक सन्तुलन कायम गर्न, मानिसहरूलाई सम्भावित जाेखिमबाट जाेगाउन महत्त्वपूर्ण भुमिका पुर्‍याएकाे याेगदानकाे उच्च मुल्यांकन गर्दै, लमही नगरपालिकाकाे १८ औँ नगर सभाकाे अवसरमा पत्रकार एवम् सर्प उद्दारकर्ता शिवु खनाललाई वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कार २०८२ सहित लमही नगरपालिका नगर प्रमुख जाेगराज चाैधरी, उपप्रमुख लक्ष्मी याेगी र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले दाेसल्ला ओढाएर सम्मानित गर्नु भएको हाे ।

पत्रकार शिवु खनालले देउखुरी क्षेत्रमा रहेर स्थानीयकाे घर, सार्वजनिक स्थानबाट विषालु र अविषालु सर्प उद्दार गर्दै आउनु भएको छ । खनालले उद्दार गरेका विषालु र अविषालु सर्पहरू लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन क्षेत्रभित्र सकुशल छाेड्दै आउनु भएको छ ।

Facebook Comments