• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
“हाम्रो सहर सफा बनाऔं” अभियानलाई ग्लोबल हबको सहयोग




घोराही, दाङ । ग्लोबल हब एजुकेशनल नेटवर्क दाङ शाखाले “हाम्रो सहर सफा बनाऔं” अभियानअन्तर्गत युवा तथा ऊर्जाशील मेरो घोराही टिमलाई सोह्र थान डस्टबिन हस्तान्तरण गरेको छ।

यस पहलमार्फत ग्लोबल हबले सामाजिक उत्तरदायित्व र वातावरणीय स्वच्छताप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ।

स्थानीय युवाहरूको सक्रियतामा सञ्चालन भइरहेको अभियानलाई सहयोग गर्दै घोराहीलाई सफा, स्वस्थ र सुन्दर सहर बनाउने लक्ष्य लिइएको छ।

कार्यक्रमका क्रममा ग्लोबल हबका प्रतिनिधिहरूले मेरो घोराही टिमको प्रशंसा गर्दै सहरको स्वच्छताका लागि सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए। अभियन्ता सुजल अधिकारीले भन्नुभयो,“यी डस्टबिनहरू बाटुवाका लागि भनेर राखिएका हुन्। कृपया पसलबाट निस्कने ठूला फोहोरहरू यसमा नहालिदिनु होला।”

सहर सफा राख्ने जिम्मेवारी सबैको हो भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।

ग्लोबल हबका निर्देशक अभिषेक न्यौपानेले भन्नुभयो,“हाम्रो नगर सफा राख्नु हरेक नागरिकको दायित्व हो। नगर सफा राख्नुपर्छ भनेर बारम्बार भन्नुपर्ने अवस्था आउनु दुःखद हो। यी सबै आधारभूत कुरा हुन्, र यसतर्फ नगरपालिकाले पनि विशेष ध्यान दिन आवश्यक छ।”

Facebook Comments