• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कौशिक गोत्रीय रेग्मीहरूको वंशावलीमाथि परिचर्चा




प्युठान। कौशिक गोत्रीय रेग्मीहरूको वंशावली पुस्तक स्वर्गद्वारी नगरपालिका–३ भिङ्गीमा परिचर्चा गरिएको छ।

कौशिक गोत्रीय रेग्मी वंशावलीका लेखक तथा सङ्कलनकर्ता भोजराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वंशावलीका सदस्य तथा ज्येष्ठ नागरिक प्रेमलाल रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष तथा वंशावली पुस्तकका सम्पादक एवं प्रकाशक रेग्मीले कृतिमाथि समीक्षा प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो, “यो पुस्तक वंशहरूको नामावली मात्र होइन। यसले इतिहास पनि बोल्छ। हाम्रा पुर्खाहरूको जीवन अवस्था कस्तो थियो, राज्यका कुन–कुन तह र तप्कामा उनीहरूको उपस्थिति थियो, सामाजिक तथा सांस्कृतिक अवस्था कस्तो थियो, र देशका प्रमुख घटनाक्रममा उनीहरूको भूमिका कस्तो रह्यो भन्ने विषय यस पुस्तकले स्पष्ट रूपमा उजागर गरेको छ। साथै, कति पुस्तासम्म कति दिन जुठो र सुतक बार्ने चलन थियो भन्ने विवरणसमेत यसमा समेटिएको छ।”

कार्यक्रममा रेग्मी समुदायकी सबैभन्दा ज्येष्ठ नागरिक ९९ वर्षीया केशरादेवी रेग्मीलाई सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक हरिश्चन्द्र रेग्मीले गर्नुभएको थियो।

Facebook Comments