दाङ। नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय प्रतिनिधि परिषद सदस्य जनक बिकको नेतृत्वमा दाङमा तीस कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी दाङको आयोजनामा भएको एकता घोाषणासभा तथा स्वागत कार्यक्रममा उनीहरू सो पार्टीमा समाहित भएका हुन।

पार्टी प्रवेश गर्नेहरूमा नेकपा माओवादी जिल्ला सचिवालय सदस्य दानबहादुर सी, लमही नगर कमिटीका सेक्रेटरी मुक्ति सी, पूर्व जिल्ला सदस्य भक्तबहादुर सी, लक्ष्मी सी, राकेश सी र पहरु चौधरी रहेका छन्।

त्यसैगरी प्रशु सुनार, निश्चल सुनार, मनोज सुनार, दीपक सुनार, प्रेमबहादुर बि.क., विवेक सुनार, शोभाराम सुनार, बुद्ध सुनार र राम विश्वकर्माले पनि पार्टी प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्ने अन्य व्यक्तिहरूमा सुन्दर परियार, विवेक बि.क., युवराज बि.क., दिल परियार, सागर केसी, प्रकाश बि.क. र गोपाल बि.क. रहेका छन्। त्यस्तै नमा पुन, बिनिता अधिकारी, प्रकाश सुनार, डोमी सुनार र शान्ति बि.क. सहित अन्यले पनि पार्टी प्रवेश गरेका छन्।
कार्यक्रममा नेपाली कम्युुनिष्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यले मुलुकको समृद्धि र उपलब्धीको रक्षाका लागि बृहत वाम एकताको आवश्यकता रहेको बताउनुुभयो। । मुलुकलाई समाजवाद उन्मुुख दिशामा अगाडी बढाउन टुक्रिएका कम्युनिष्टहरु एकताको शिरामा उभिदै मुलुकको स्वाधिनता, गणतन्त्रको उपलब्धीको रक्षा, विभेद र अभावमा बाँचेका वर्ग समुुदायको उत्थानका लागि कम्युनिष्ट एकता अर्थात वाम एकताको आवश्यक रहेको औल्याउनुुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका जिल्ला कार्य सम्पादन समितिका सदस्य भूूपबहादुर केसीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि आचार्यले कम्युुनिष्ट एकताको विभाजनले मुुलुुकमा आन्तरिक तथा बाह्य शक्तिकोे हस्तक्षेप बढेकाले मुलुकको रक्षाका लागि सबै कम्युनिष्ट वाम घटकहरुको एक हुने उहाँको भनाई थियो । उहाँले भन्नुुभयो– ‘मुलुकमा दुुई पार्टी पद्धतीका हो वा होईन भन्ने होईन, कम्युनिष्ट एक पार्टी पद्धतीका रुपमा लैजान खोजेका छौं । त्यो कुरामा अन्य कम्युनिष्ट पार्टीहरुको बुुझाई पनि रहेको छ । तर त्यो कुरामा आत्मसाथ गर्न नेताहरुलाई अप्ठ्यारो मात्रै लागेको हो । ’
कार्यक्रममा नवप्रवेशी नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय प्रतिनिधि परिषद सदस्य जनक बिक कम्युनिष्टहरुको एकता अभावका कारण धेरै कम्युनिष्ट विचारधाराहरु अलमलमा पर्ने स्थितीको सिर्जना भएकाले कम्युुनिष्टहरुको एकता र नेतृत्वको बागडोर नेपाली कम्युनिष्ट पार्टीले समालेकाले सबै कम्युनिष्ट दलहरु एकताको सुत्रधारमा आउन आग्रह गर्नुुभयो ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सशमति चौधरी, भिमकुमारी बुढा, नवप्रवेशी सुर्दशन सुनार लगायतकाले आ–आफ्ना धारणा राख्नुुभएको थियो । कार्यक्रम सञ्चालन विश्वराज आचार्यले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
