ललितपुर। भक्तपुरको बालकोट क्षेत्रका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन्। बालकोट नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास रहेको क्षेत्र हो।

बालकोट वडा दुईका एमाले नेता तथा वडाध्यक्षका उम्मेदवार रवि श्रेष्ठ, नेपाल–कोरिया मैत्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डी. के. रोसनसहित सूर्यविनायक क्षेत्रका ईश्वर सिलवाल, हरि बास्कोटा, कृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दीपक खत्री, धुर्व केसी, रुकुश वेकाजु, सुदीप प्रजा, कृष्णशरण लामिछानेलगायत नेता–कार्यकर्ता पार्टीमा प्रवेश गरेका हुन्।
नवप्रवेशीहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो। सो अवसरमा उहाँले कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउँदै समाज रूपान्तरण र जनताको पक्षमा दृढतापूर्वक अघि बढ्न सबैलाई आह्वान गर्नुभयो।

पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूले नेपाली कम्युनिस्ट पार्टीको नीति, विचार र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीलाई मजबुत बनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
