दाङबाट ‘तुलसीपत्र’ राष्ट्रिय दैनिक पत्रिका प्रकाशित भएको छ । पत्रकारितामा नयाँपन दिन दाङको तुलसीपुरबाट उक्त पत्रिका प्रकाशन गर्न लागिएको प्रकाशक मनुराज शर्माले बताए । उनका अनुसार सोमबारदेखि उक्त पत्रिका नियमित दैनिक प्रकाशन भएको छ ।
साथै उक्त पत्रिकाले मुलुकको समृद्धि र विकासकालागि जनता र सरकारबीचको पुलको भूमिका खेल्ने बताए ।
यस अघि अनलाईन संस्करण (तुलसीपुर अनलाईन) सञ्चालन गर्दै आएको समूहले पत्रिका प्रकाशन गर्न लागेको भन्दै अनलाईन र पत्रिकलाई संगसंगै मिलाएर लैजाने पत्रिकाका प्रबन्धक हेमराज डाँगीले बताए ।
पत्रिकाको सम्पादकमा सन्ध्या सुवेदी रहेकी छिन्, भने प्रधान सम्पादकमा दीपक बोहरा रहेका छन् । यो संगै दाङमा पत्रिकाको संख्या ७ पुगेको छ । दाङमा यस अघि ६ वटा पत्रिका प्रकाशित छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।