• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कोहलपुरमा पुस्तक विमोचन तथा स्रष्टा संवाद




कोहलपुर । कोहलपुरमा एक समारोहबिच कवि रवि गिरीको कविता सङ्ग्रह ‘शान्तिको खोज’ विमोचन गरिएको छ ।

पुस्तक हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो ।सो कृति प्रमुख अतिथि मदन पुरस्कार विजेता स्रष्टा युवराज नयाँघरे, पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजाल, प्राज्ञ द्वय महानन्द ढकाल र शशिराम कार्कीले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नयाँघरेले कोहलपुरमा साहित्य उर्वर रहेको र नयाँ स्रष्टालाई बाहिर ल्याउन पूर्णिमा साहित्य प्रतिष्ठानले उल्लेखनीय भूमिका खेल्दै आएको भन्दै संस्थाको प्रशंसा गर्नुभयो । पुस्तक र कविको परिचय साहित्यकार सागर गैरेले दिनुभयो ।

स्रष्टा संवादमा साहित्यकार युवराज नयाँघरेका साहित्यिक अनुभव र लेखनशैली बारे सुनियो । नयाँघरेले लुम्बिनी र कर्णाली क्षेत्र भाषा, साहित्य र लोकसंस्कृतिको भण्डार रहे पनि त्यसमा थुप्रै काम गर्न अझै बाँकी रहेको बताउनुभयो । आफूले धेरै देश घुमे पनि नेपाली संस्कृति र गौरवपूर्ण इतिहास कतै नभेटेको बताउनुभयो । उहाँले निबन्ध र नियात्रा कोरा विवरण नभई अनुभूतिको सरस अभिव्यक्ति भएकाले निबन्धमा ससाना अनुभव समेटिन सक्दा उत्कृष्ट बन्ने धारणा राख्नुभयो ।

नयाँघरेले निबन्धमै २०६५ को मदन पुरस्कार जितेको प्रसंग उल्लेख गर्दै डा. पुष्कर रिजालले उहाँका निबन्ध मौलिक, प्रयोगशील भैकन पनि सरल-सरस र विशिष्ट भएको बताउनुभयो । भाषिक कौशल र नेपाली जातीयताको सम्मोहक सौन्दर्य पाइने नयाँघरेका निबन्ध जीवन जगत्का ताजा अनुभवमा आधारित हुन्छन् ।
कार्यक्रममा कोहलपुर नेपालगन्ज र बर्दिया क्षेत्रका चार दर्जनबढी स्रष्टा उपस्थित थिए । उपाध्यक्ष डा.खोपीराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव केशव निमेषले गर्नुभएको थियो ।

Facebook Comments