दाङ। कौशिक गोत्रीय पर्वते रेग्मीहरूको वंशावली घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचनालयको सभाहलमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ।
वंशावलीका लेखक तथा सङ्कलक भोजराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेग्मी वंशावलीका ज्येष्ठ सदस्य थानेश्वर रेग्मी प्रमुख अतिथि तथा अधिकारी समाजका केन्द्रीय पूर्व उपाध्यक्ष पद्मप्रसाद शर्मा विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा भुसाल युवा समाज दाङका अध्यक्ष दुर्गा भुसाल, रेग्मी समाजका सदस्य नमराज रेग्मी, कुलका पूजारी बालाराम रेग्मी, बुद्धि लिछराम रेग्मी लगायतले कार्यक्रमको सफलताको कामना गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियो।
रेग्मी वंशावलीका सम्पादक तथा प्रकाशक यम रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अधिकारी समाजका केन्द्रीय पूर्व उपाध्यक्ष एवं विशिष्ट अतिथि पद्मप्रसाद शर्माले वंशावलीको महत्वबारे चर्चा गर्दै समीक्षा प्रस्तुत गर्नुभएको थियो भने रेग्मी समाजका वरिष्ठ सदस्य पद्मप्रसाद रेग्मीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
