• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लमहीमा गोली चल्यो, सुनचाँदी पसलमा लुटपाट




देउखुरी। दाङको लमहीमा आज गोली चलेको छ। लमही नगरपालिका–५, लमही बजारस्थित ‘जुनतारा सुनचाँदी पसल’मा कार्यरत कालिगढलाई लक्षित गरेर गोली प्रहार गर्दै लुटपाट गरिएको प्रहरीले जनाएको छ।

गोली लागी कालिगढ दीपक सुनार सामान्य रूपमा घाइते भएका छन्। गोली प्रहार गर्ने व्यक्तिहरू घटनापछि फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ। घटनास्थल सिल गरी प्रहरी अनुसन्धान अघि बढाइएको छ।

पसलका सञ्चालक सुमन सुनार कुलपूजाका लागि अर्घाखाँची गएको र शनिबार सार्वजनिक विदा भएकाले कालिगढलाई बोलाएर हमला गरिएको हुनसक्ने लमहीस्थित पत्रकार दिवाकर पोख्रेलले जानकारी दिनुभएको छ ।

Facebook Comments