• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धु एजुकेसनल एकेडेमीमा खेल सप्ताह सुरु




घोराही । ज्ञानसिन्धु एजुकेसनल एकेडेमी घोराहीमा खेल सप्ताह सुरु भएको छ । १७ मंसिरबाट सुरु भएको खेल सप्ताह २२ मंसिरसम्म चल्ने छ ।

विद्यालयका प्रिन्सिपल हुकुमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन घोराहीका अध्यक्ष बालकृष्ण ओलीले सप्ताह उद्घाटन गर्नुभएको हो । विद्यार्थीहरुलाई मार्चमासमा झण्डा हस्तान्तरण गरेर उहाँले सप्ताह उद्घाटन गर्नुभएको हो ।

कार्यक्रम उद्घाटन गर्दै उहाँले ज्ञानसिन्धुले शैषिकसँगै अतिरिक्त क्रियाकलाप अघि बढाएको उल्लेख गर्दै हरेक वर्ष हुने प्याव्सन शील्डमा उत्कृष्ट नतिजा हात पार्ने गरेको बताउनुभयो ।

यो प्रगति यो विद्यालयको मात्र नभई प्याव्सन घोराहीकै सम्पत्ति र गौरवको रुपमा रहेको उहाँले स्पष्ट गर्नुभयो । गत वर्ष प्याव्सन शील्डमा ४१ विद्यालयमध्ये उत्कृष्ट भएको उल्लेख गर्दै उहाँले शैक्षिक सिकाई क्रियाकलाप कक्षा कोठाबाट मात्र नभई समग्र अभ्यासबाट हुने बताउनुभयो ।

विद्यालयका सहायक प्रिन्सिपल टंक शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन शिक्षक देवराज भण्डारीलले गर्नुभएको थियो । सप्तामा दर्जन बढी विधामा खेल खेलाइने र सबै विधामा उत्कृष्ट हुने हाउसले विद्यालयस्तरीय शील्ड प्राप्त गर्ने विद्यालयका संयोजक हेमराज पौडेलले जानकारी दिनुभयो ।

यो एकेडेमीमा मन्टेश्वरीदेखि कक्षा १० सम्म ५ पाँच सय विद्यार्थी रहेका छन् भने सँगै रहेको ज्ञानसिन्धु माविमा कक्षा ११ र १२ मा सात सय बढी विद्यार्थी रहेका छन् । यही शैक्षिक संस्थासँग निकट रहेको राप्ती शिक्षा क्याम्पसमा विभिन्न विषयमा स्नातक र स्नातकोत्तर तहको अध्ययन अध्यापन हुँदै आएको छ ।

Facebook Comments