• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा मगर खाम भाषाको कविगोष्ठी




घोराही । नेपाल मगर लेखक सङ्घ, दाङ शाखाको आयोजनामा शनिबार दाङको घोराहीमा मगर खाम भाषाको कविगोष्ठी भव्यतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा कविहरू विष्णु बुढामगर, श्यामसुन्दर घर्तीमगर, एच.बी. थापामगर, गायत्री घर्तीमगर, चन्द्रबहादुर पुनमगर, दर्जित रोकामगरलगायतले मगर खाम भाषाका कविता र गीत वाचन गरेका थिए । यसैगरी कविहरू यम रेग्मी, सुरेशकुमार पाण्डे, पुरन शर्मा, मिरा घर्तीमगर आदिले खस नेपाली भाषाका रचनाहरू प्रस्तुत गरेका थिए ।

शाखा अध्यक्ष चन्द्रबहादुर पुनमगरको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. टीकाराम उदासीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष दर्जित रोकामगर, प्रगतिशील लेखक सङ्घ दाङ शाखाका अध्यक्ष चन्द्रबहादुर थापामगर, रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वली, नेपाल मगर सङ्घ केन्द्रीय अनुशासन विभागका संयोजक कर्णबहादुर बुढामगर, नेपाल मगर सङ्घ दाङ जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य शीतलाल पुनमगर, राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीलगायतले आ–आफ्ना मन्तव्य राखेका थिए ।

शाखा उपाध्यक्ष केशव स्थापित घर्तीमगरले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सहभागीहरूलाई स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन शाखा सचिव सरस्वती रोकामगरले गरेकी थिइन् ।

गोष्ठीमा दाङका विभिन्न लेखक, साहित्यकार तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Facebook Comments