• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गोरखा मावि घोराहीमा विद्यार्थीका लागि योग शिविर




गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीले व्यवस्थापनतर्फ कक्षा १२ का विद्यार्थीहरुका लागि योग शिविर सञ्चालन गरेको छ ।

कार्यक्रममा योग गुरु रविन्द्र बस्नेतले योग र ध्यानको अभ्यास गराइरहनुका साथै प्रवचन दिनुभएको थियो । गोरखा आइडल मावि भालुबाङका प्रिन्सिपल बसन्त पुनले लागु औषध दुर्व्यसनले बालबालिकामा पार्ने असर र यसबाट बच्ने उपायका बारेमा काउन्सिलिङ गर्नुभएको थियो ।

यस १२ मा पठनपाठन हुने शैक्षिक तालिका, पाठ्यक्रम र मूल्यांकन विधिबारे व्यवस्थापन संकाय संयोजक एमबी केसी जानकारी गराउनुभएको थियो ।

विद्यालयका प्राचार्य मानसिंह घर्ती मगरले विद्यालयले उपलब्ध गराइरहेका सेवा तथा शैक्षिक प्रगतिबारे जानकारी गराउनुभएको थियो । यस विद्यालयले कक्षा ११ र १२ का विद्यार्थीका लागि नियमित योग शिविर सञ्चालन गर्दै आएको छ ।

Facebook Comments