• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुली अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा लिने महिलाको संख्या धेरै




बंगलाचुली । दाङको बंगलाचुली अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा लिने महिलाको संख्या धेरै रहेको छ । बंगालचुली गाउँपालिकाद्वारा सञ्चालित बंगलाचुली अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा लिने पुरुषको तुलनामा महिलाको संख्या धेरै रहेको अस्पताल प्रशासनले जनाएको छ ।

चालू आर्थिक वर्षको प्रथम त्रैमासिकमा अस्पतालको ओपिडी सेवामार्फत पाँच वर्षमाथि जेष्ठनागरिकसहितका पाँच सय ६९ जनामध्ये तीन सय ८१ जना महिला र एक सय ८८ जना पुरुषले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए । आर्थिक वर्षको सुरुवातसँगै साउन, भदौ र असोज महिनामा पुरुषको तुलनामा महिलाको संख्या एक सय ९३ जना बढी रहेको थियो ।

अस्पतालबाट दलिततर्फ एक सय ५४ जना महिला र ६४ जना पुरुष, जनजातितर्फ ५२ जना महिला र ३४ जना पुरुष, ब्राह्मण/क्षेत्रीतर्फ एक सय ७२ जना महिला र ८७ जना पुरुष र अन्यतर्फ तीन जना महिला र तीन जना पुरुषले निःशुल्क सेवा लिएको बंगलाचुली अस्पतालका जनस्वास्थ्य निरीक्षक सुवाष चन्द सेर्पालीले बताउनुभयो । अस्पतालमा सेवा लिन आउने पुरुषको तुलनामा महिलाको संख्या धेरै छ, उहाँले भन्नुभयो । रोजगारका लागि पुरुषहरु बाहिर जाने हुँदा महिला बिरामी संख्या बढी देखिएको उहाँको जोड थियो ।

बंगलाचुलीमा प्रस्तावित १५ शैयाँको नगर अस्पताल सञ्चालनमा आएको तीन वर्ष पूरा भएको र पहिलेको तुलनामा अहिले विरामीको चाप बढ्दै गएको सेर्पालीले बताउनुभयो । उहाँले अस्पतालमा साधारणतया ज्वरो, ग्याष्ट्रिक, छाला, श्वासप्रश्वास आदिका बिरामीहरु बढी सेवा लिन आउने गरेको बताउनुभयो । अस्पतालमा २० देखि ५० वर्ष उमेर समूहका बिरामीहरु उपचारका लागि आउने र त्यसमा सबैभन्दा बढी महिलाको संख्या हुने गरेको उहाँको भनाइ छ ।

अस्पतालले दिएको तीन आर्थिक वर्षको तथ्याङ्लाई हेर्ने हो, भने पनि अस्पतालमा ओपिडीमार्फत निःशुल्क सेवा लिने पाँच वर्षमाथिका पुरुषको तुलनामा महिला बिरामीको संख्या नै बढी रहेको पाइन्छ । आर्थिक वर्ष २०७९÷८० मा अस्पतालबाट दुई हजार पाँच सय ७३ जनामध्ये एक हजार आठ सय ३१ जना महिला र सात सय ४२ जना पुरुषले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए । अस्पतालबाट सेवा लिने पुरुष बिरामीको तुलनामा एक हजार ८९ जना महिला बिरामीको संख्या बढी रहेका थियो । अस्पतालबाट दलिततर्फ छसय १८ जना महिला र दुई सय ३४ जना पुरुष, जनतजातितर्फ तीन सय ८३ जना महिला र एक सय ७३ जना पुरुष, ब्राह्मण÷क्षेत्रीतर्फ सात सय ७६ जना महिला र दुई सय ९७ जना महिला र अन्यतर्फ ५४ जना महिला र ४१ जना पुरुषले सेवा लिएका थिए ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा अस्पतालबाट दुई हजार आठ सय ९४ जनामध्ये अस्पतालबाट दुई हजार तीन जना महिला र आठ सय ९१ जना पुरुषले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए । अस्पतालबाट लिने सेवा पुरुषको भन्दा महिलाको संख्या एक हजार एक सय १२ ले बढी रहेको थियो । गत आर्थिक वर्षको तुलनमा यो वर्ष अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा लिने बिरामीको संख्या तीन सय २१ जनाले बढेसँगै महिलाका संख्या पनि एक सय ७२ जनाले बढेको थियो । अस्पतालबाट दलितर्फ आठ सय ५८ जना महिला र तीन सय ५८ जना पुरुष, जनजातिनर्फ तीन सय ५३ जना महिला र एक सय ६५ जना पुरुष ब्राह्मण / क्षेत्रीतर्फ सात सय ६७ जना महिला र तीन सय ५२ जन पुरुष र अन्यतर्फ २५ जना महिला र १६ जना पुरुषले सेवा लिएका थिए ।

त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा अस्तपालबाट दुई हजार सात सय ८९ जनामध्ये एक हजार आठ सय ९९ सय जना महिला र आठ सय ९० जना पुरुषले निःशुल्क स्वास्थय सेवा लिएका थिए । यस वर्षपनि पुरुषको तुलनामा महिला बिरामीको संख्या एक हजार नौ जनाले बढेको थियो । अस्पतालबाट दलिततर्फ सात सय ५१ जना महिला र तीन सय ६६ जना पुरुष, जनजातितर्फ तीन सय १५ महिला र एक सय ७० जना पुरुष, ब्राह्मण ÷ क्षेत्रीतर्फ सात सय ९१ जना महिला र तीन सय ३० जना पुरुष र अन्यतर्फ ४२ जना महिला र २१ जना पुरुषले सेवा लिएका थिए ।

सेवा तथा सुविधाका कारण मानिसको बसाइसराई बढेसँगै अब विस्तारै बिरामीहरुको चापपनि बट्दै जान सक्ने उहाँको अनुमान रहेको छ । तर, अस्पतालबाट प्रवाह हुने सेवाहरु प्रभावकारी ढंगले अगाडि बढ्दा भने सेवा लिन आउने बिरामीको संख्या भने राम्रै रहेको उहाँले बताउनुभयो । अस्तालमा अहिले एकजना मेडिकल अफिसरसहित प्राविधिक र अप्राविधिक गरेर २० जना कर्मचारी कार्यरत रहेका छन् ।

Facebook Comments