मुसिकोट । नेपाली कम्युनिस्ट पार्टी साविक नेकपा (माओवादी केन्द्र) मुसिकोट नगर समितिको प्रथम विस्तारित बैठकबाट धनबहादुर खड्का ‘वसन्त’ अध्यक्षमा चयन हुनुुभएको छ ।
बैठकले उपाध्यक्षमा तोकबहादुर खत्री, चम्फा परियार र कमला बुढा पुन, सचिवमा अनिल बुढा, सहसचिवमा ललिता सिर्पाली र कोषाध्यक्षमा रचना पुनलाई जिम्मेवारी तोकेको छ ।
तेस्रो अधिवेशनबाट निर्वाचित नगर समिति सदस्यहरु तथा अगुवा नेता–कार्यकर्ताको भव्य उपस्थितिका लागि पालिका समितिले धन्यवाद व्यक्त गरेको छ । नयाँ नेतृत्वलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
