• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
`नेपालमा कम्युनिस्ट एकता आवश्यक जरुरी´ – विप्लव




काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द `विप्लव´ सीले  नेपालमा कम्युनिस्ट एकता आवश्यक जरुरी भएको  बताउनुभएको छ । पार्टी केन्द्रीय समितिले बिहीबार काठमाडौंस्थित भृकुटीमण्डपमा स्वाधीनता, समाजवाद र सर्वपक्षीय सरकारको पक्षमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै उहाँले निभ्न लागेको कम्युनिस्ट आन्दोलनलाई उठाउनका लागि कम्युनिस्ट एकता आवश्यक रहेको बताउनुभएको हो ।

सभाका प्रमुख वक्ता समेत रहनुभएका महासचिव विप्लवले अब नेपालमा नयाँ कम्युनिस्ट केन्द्र निर्माणसहितको एकता हुनुपर्ने  बताउनुभयो ।  पार्टी एकता गर्नका लागि निस्कलङ्क र जनताले विश्वास गरेका नेता हुनुपर्नेमा उहाँको जोड थियो । कम्युनिस्ट भनेको ढुंगामा पनि फूल्ने जात भएको हुँदा कम्युनिस्टहरुले  आफै श्रम र उत्पादन गरेर  खानुपर्ने उहाँको भनाइ थियो । उहाँले नेपालमा अब स्वाधीनता, एकता र ध्रुवीकरणको लहर चलाउनुपर्ने भदै  त्यो काम थालनी आफ्नो पार्टी गर्ने बताउनुभयो ।

साम्राज्यवादीको स्वार्थको लागि नेपाल सिरिया हुन तयार छ, उहाँले भन्नुभयो । तर, साम्राज्यवादीहरुको स्वार्थ हाम्रो पार्टीलाई स्विकार्य नहुँने र विदेशी हस्तक्षेपविरुद्ध प्रतिवाद गर्ने उहाँको बताउनुभयो । नेपालको राष्ट्रियता र स्वाधीनतामाथि कुनैपनि हस्तक्षेप हुन नदिन सबै एकतावद्द भए यो देश अग्रगामी बाटोमा अगाडि बढ्ने उहाँको जोड थियो । नेपालमा एक पटक कम्युनिस्ट रुपान्तरणको आवश्यक रहेको बताउँदै कम्युनिस्ट रुपान्तरण नेकपाको दृष्टिकोण रहेको उहाँको भनाइ थियो ।

जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असफलसिद्ध भएको महासचिव विप्लवले बताउनुभयो । उहाँले  यो सरकारले देशलाई निकास दिन नसक्ने भएको हुँदा अन्तरिम सरकारका नेतृत्व सुशीला कार्कीले राजीनामा दिएर सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग गर्नुभयो । जेनजी भनेको कुनैपनि पार्टी र समूह नभएको कुरामा जोडदिँदै यो एउटा उमेर समूह र नयाँ पुस्ता भएको उहाँले बताउनुभयो ।

जेनजीको नाममा गठन भएको सरकारले जेनजीको मागलाई सम्बोधन नगरेर भ्रष्टाचारीहरुले चलखेल गरिरहका छन्, उहाँले भन्नुभयो । यो दलाल पूँजीवादी सत्तामा भ्रष्टाचार व्यापक मौलाएको र भ्रष्टाचारीहरुलाई कारबाही गर्नका लागि शक्तिशाली आयोग र न्यायलय गठन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले आयोगमार्फत छानबिन गरी भ्रष्टाचारीहरुलाई न्यायलयको अन्तिम फैसलाबाट जीवनभर जेलमा राख्नुपर्ने बताउनुभयो ।

पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज सन्तोष सीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा पार्टीका प्रवक्ता प्रकाण्ड सी, पार्टीका स्थायी समितिद्वय अनिल सी र भरत सी, पार्टीका पिबिएम दिपेश सीलगायतले मन्तव्य राख्नुभएको थियो ।

काठमाडौंस्थित शान्तिबाटिकाबाट सुरुभएको र्‍याली विभिन्न ठाउँ हुँदै भृकुटीमण्डपमा पुगेर विशाल सभामा परिणत भएको थियो ।

कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउनका लागि दाङको थारुनाच, काठमाडौं महानगरपालिकाको पञ्चेबाजा र सामना परिवारका कलाकारहरुले विभिन्न खालका देशभक्त गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका स्थायी समिति सदस्य उमा सीले गर्नुभएको थियो।

Facebook Comments