• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुली–४ मा टोल स्तरीय क्रिकेट प्रतियोगिता हुने




दाङ। बंगलाचुली गाउँपालिका–४ मा टोलस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। वडा नम्बर ४ का अध्यक्ष डास बहादुर डाँगीले  एक सूचना जारी गर्दै प्रतियोगिता यही कार्तिक २७ गते हुने जानकारी दिएका छन्।

वडाको आयोजनामा हुने सो प्रतियोगितामा बंगलाचुली गाउँपालिका–४ अन्तर्गतका टोलहरूका साथै साविक वडा नम्बर १, २, ३, ४ र ५ का टिमले सहभागिता जनाउन पाउने जनाइएको छ।

सहभागी टिमले कार्तिक २६ गते दिउँसो ३ बजेभित्र वडा कार्यालयमा टिम दर्ता गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

प्रतियोगितामा विजेता टिमले रु. १८ हजार नगद साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले रु. १२ हजार नगद, कप, मेडल र प्रमाणपत्र पाउनेछन्।

खेलहरू गढिलेक खेलमैदानमा कार्तिक २७ गते बिहान ८ बजेदेखि सुरु हुने जनाइएको छ।

सूचनामा उल्लेख भएअनुसार, यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई गाउँपालिका स्तरको प्रतियोगिताका लागि छनोट गरिने पनि बताइएको छ।

Facebook Comments