प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको नेकपा रुकुमपूर्वका जिल्ला सेक्रेटरी सहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी सिस्ने गाउँपालिका ८ डाँडागाउँका ३८ वर्षीय देविलाल पुन सहित ५ जना जिल्ला सदस्य रहेका छन् । सोही ठाउँकै ४५ वर्षीय मोहनलाल कार्की, सिस्ने ७ नाथिगाटका ४० वर्षीय लिलाराम बुढा त्यसैगरी सिस्ने ३ पोखराका ४५ वर्षीय राजु थापा भनिने धनबहादुर बिक, भूमे ६ महतका ४० वर्षीय कुमार बुढा भनिने रामकुमार बुढा र महतकै ४२ वर्षीय हिका बुढा रहेका छ्न् ।
केही दिनयता जिल्लामा चन्दा उठाउने, धम्काउने जस्ता गतिविधि बढेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा उनिहहरुलाइ आआफ्नो क्षेत्रबाट नै पक्राउ परेको प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो । उनिहरुमाथि थप अनुसन्धान भइराखेको प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।