• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भुमिका गिरीको नयाँ गीत “दिम्ला माया” सार्वजनिक (भिडियोसहित)




दाङ । बहुप्रतिभाशाली गायिका भुमिका गिरीले आफ्नो नयाँ गीत “दिम्ला माया” बिहीबार सार्वजनिक गरेकी छन्। तिहारको अवसरमा सार्वजनिक गरिएको यो गीतले उनको संगीत र अभिनय क्षेत्रमा नयाँ उपलब्धि थपेको छ।

गीतमा भुमिका गिरीको साथ अनिल पौडेलले अभिनय गरेका छन् भने निर्देशन बिनोद भण्डारीले गरेका छन्। शब्द र संगीत डिपलभ खातीकै रहेको छ भने स्वरमा भुमिका गिरी र डिपलभ खातीको आवाज सुन्न सकिन्छ। रेकर्डिङ गोविन्द अनेक, एरेञ्ज, मिक्सिङ र मास्टरिङ श्यामस्वेत रसाइलीले गरेका हुन्।

भिडियो नवराज उप्रेतीको छायांकनमा अत्यन्त भावनात्मक र कथात्मक रूपले तयार गरिएको छ। सम्पादन र रंग संयोजन मनोज कार्कीले गरेका छन् भने प्रशान्त मगरको कोरियोग्राफी र भ्यालेन्टिनोको पोशाक डिजाइनले भिडियोमा जीवन्तता थपेको छ।

गीतको कथानक माओवादी द्वन्द्वकालीन पृष्ठभूमिमा आधारित प्रेमकथा हो। भिडियोले केवल प्रेम कहानी मात्र प्रस्तुत गरेको छैन, युद्धकालमा युवाहरुले देखाएको माया, त्याग, तपस्या र देशप्रति चिन्तालाई पनि कलात्मक रूपमा उतारेको छ। साथै, गाउँ–घरमा हुने अन्याय, अत्याचार र सामाजिक असमानताको विरुद्ध आवाज उठाउने, देश परिवर्तन गर्न पहल गर्ने युवाको संघर्षलाई भिडियोले प्रष्ट देखाएको छ।

भुमिका गिरीले भिडियोबारे भनेकी छिन्, “दिम्ला माया केवल एउटा गीत होइन, त्यो युद्धबीचको प्रेम र मानवीय संवेदनाको कथा हो, जसले हजारौं युवाको मनको पीडा, माया र संघर्षलाई उजागर गर्छ।”

गीत भुमिका गिरीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ र छोटो समयमा नै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। भिडियोको कथात्मक गहिराई, भावनात्मक अभिनय र संगीतको संगमले यसलाई दर्शकका लागि अत्यन्तै आकर्षक बनाएको छ।

Facebook Comments