• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महिला साना किसान कृषि सहकारीको २२औँ वार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ट कृषक र सदस्यहरू सम्मानित




सन्तोष अधिकारी
दाङ। घोराही उपमहानगरपालिका–६ फचकपुरमा रहेको महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, सौडियारको २२औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। साधारणसभाको अवसरमा सहकारीले विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याएका ३० जनालाई सम्मान र पुरस्कार प्रदान गरेको छ।

संस्थाले पशुपालन तथा कृषि क्षेत्रमा उत्कृष्ट काम गरेका ६ जना सदस्यलाई सम्मान गरेको हो। सम्मानितहरूमा उषा अधिकारी, गोमा रेग्मी, बिणा डिसी, गोमा श्रेष्ठ, स्यानी चौधरी र बुधकुमारी भण्डारी रहेका छन्।
त्यस्तै, तरकारी खेतीतर्फ ८ जना कृषकहरूलाई पनि सम्मान गरिएको छ — पवित्रा चौधरी, कमला चौधरी, विष्णी चौधरी, अनिता चौधरी, जानकी चौधरी, लाहानी चौधरी, सरस्वती चौधरी र गीता कुमारी चौधरी।

बाल बचतमा उत्कृष्ट बचतकर्ता दुई जना बालबालिकालाई स्टेशनरी सामग्री प्रदान गरिएको छ। सम्मानित बालबालिका हुन् — पुष्पा चौधरी र अविन चौधरी। त्यसैगरी, संस्थाका अपाङ्ग शेयर सदस्य लाली चौधरीलाई सहयोगस्वरूप नगद रकम हस्तान्तरण गरिएको छ।

सहकारीमा लामो समयदेखि संलग्न ७ जना जेष्ठ सदस्यहरू — गीता चौधरी, गोमा खनाल, विष्णु खनाल, कलमती चौधरी, खुमा वली, सेतु रावत र सिता कुमारी चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो। साथै, २३ वर्षदेखि सहकारीमा कार्यरत प्रवन्धक गंगा घर्ति, सहायक प्रवन्धक रञ्जु अधिकारी र कार्यालय सहयोगी प्रमिला चौधरीलाई पनि सम्मान गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिका–६ का वडा अध्यक्ष विष्णुराम आचार्यले महिलाहरू अब घर–परिवारको चौकोभान्सामा मात्र सीमित नभई सहकारीको नेतृत्व गर्दै आत्मनिर्भर बन्न पुगेको बताउनुभयो। “घरखर्चका लागि अरूमा निर्भर रहनुपर्ने महिलाहरू अहिले सहकारीको माध्यमबाट आत्मनिर्भर बनेका छन्, यो गौरवको विषय हो,” आचार्यले भने।

संस्थाकी अध्यक्ष प्रेमदेवी डाँगीको अध्यक्षता र वडा अध्यक्ष आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहायक प्रवन्धक रञ्जु अधिकारीले सञ्चालन गरेकी थिइन्।

सहकारीको कार्यक्षेत्र घोराही उपमहानगरपालिका–६, ७, १५, १६ र १७ नम्बर वडामा फैलिएको छ। हाल संस्थामा १,१२५ जना महिला शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पुँजी २ करोड ४४ लाख २७ हजार, बचत ५ करोड ५६ लाख ५८ हजार ५७३ रुपैयाँ, र विगत आर्थिक वर्षमा ५३ लाख ३४ हजार ६७७ रुपैयाँ मुनाफा आर्जन भएको संस्थाले जनाएको छ।

 

Facebook Comments