जलस्रोत तथा उर्जामन्त्री बर्षमान पुन ‘अनन्न’ आफ्नो जिल्लाका एक विरामी बालकको उपचारका लागि एक महिनाको तलब घोषणा गर्नुभएको छ ।
रोल्पाको गंगादेव गाउँपालिका ४ जितेमारेका १२ बर्षीय बालक हेमराज ओलीलाई प्लाष्टिक एनिमियाँ भएको छ । ओलीको हाल सिभिल अस्पताल काठमाडौंमा उपचार भइरहेको भने शल्यक्रियाका लागि झण्डै बाह्र लाख खर्च लाग्ने भएको छ ।
विरामी बालकसहित आफन्तसँगको भेटमा उहाँले सो घोषणा गर्नुभएको छ ।
त्यस्तै दाङ निवासी निखिल ओलीको पहलमा कतारमा रहेका युवाहरुले ३५ हजार ३५ हजार १ सय २० रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै वाइसिएल रोल्पाका अध्यक्ष रितमान पुन ‘अग्रिम’ले २१ हजार रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ ।
त्यस्तै गंगादेव गाउँपालिाका अध्यक्ष वीरबहादुर खत्रीले व्यक्तिगतरुपमा २० हजार सहयोग घोषणा गर्नुभएको छ । त्यस्तै रोल्पाका प्रदेशसभा सदस्य दीपेन्द्र पुन ‘सिजल’ले १० हजार, साहित्यकार दीप दर्पणले ५ हजार र गोल मिडिया अनलाइनले १० हजार सहयोग गरेको विरामी हेमराजका दाइ अशोक ओलीले जानकारी दिनुभयो ।
सहयोग संकलन अभियान जारी रहेको छ ।
गत जेठदेखि सो रोग देखिएपछि कक्षा ७ मा अध्ययरत उनको पढाइ त अवरुद्ध भएको छ नै, त्योभन्दा ठूलो संकट उनको उपचारका लागि परेको छ ।
अहिलेसम्म पाँच लाख खर्च भइसकेको छ भने थप उपचारका लागि १२ लाख रुपैयाँ लाग्ने चिकित्कहरुले बताएका छन् । यो रकम जुटाउन निकै समस्या भइरहेको हेमराजका दाइ अशोक ओलीले जानकारी दिनुभयो ।
हेमराजको शरीरमा भएको रगतमा सेता रक्तकोषको उत्पादनमा समस्या भएको छ । ‘शुरुमा उनको उपचार रोल्पाको उनकै गाऊँको स्थानीय मेडिकलमा गरियो, उनलाई शुरुमा ज्वोरो आउने,रुघा लाग्ने हुन्थ्यो ।
स्थानीय मेडिकलबाट चलाइएको औषधीले उनलाई ठिक हुने संकेत देखिएन’– दाइ अशोकले भन्नुभयो– ‘त्यसपछि उनलाई दाङको तुल्सिपुरस्थित चिरायु अस्पतालमा उपचारको लागि भर्ना गरियो । चिरायु अस्पतालका डाक्टरले रगतमा बोनम्यारोको कमी भएको हुनसक्ने भन्दै उपचारको लागि काठमाडौं रिफर गरियो र काठमाडौं पु¥याएपछि मात्रै रोग पत्ता लागेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएकोले दाजु असोक वलीले भाईको उपचारमा आर्थिक सहयोग गरिदिनको लागि सबैसँग आग्रह गर्नुभएको छ ।
सञ्चारकर्मी तथा रोल्पाका विद्यार्थी नेता समेत रहेका अशोक भाइको उपचारकाल लागि सहयोग जुटाउन नेता, मन्त्री तथा आफन्तहरुकोमा धाइररहनुभएको छ । यति मात्रै नपुग्ने भएपछि आम जनतालाई गुहार्न बाध्य भएको उहाँले बताउनुभयो ।
उहाँले सहयोग गर्न चाहनेले जनता बैंकमा अशोक ओलीका नाममा रहेको १२५१२२०५८८४०५०१ मा रकम जम्मा गरिदिन पनि आग्रह गर्नुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।