• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सकुशल उद्दार गरिएकाे पुतलि कछुवा अजम्मरी तालमा छाडियाे




श्रवण कुमार यादव
देउखुरी, ६ असाेज। लमहीमा पुतलि कछुवा फेला परेको छ । लमही नगरपालिका वडा ३ मजगाउँमा स्थानीयले फेला पारेका हुन् ।स्थानीय विजय चाैधरीले साेमबार बिहान ९ बजे भालुवाङ् जाने क्रममा पूर्वपश्चिम राजमार्गमा फेला पारेपछि वन्यजन्तु उद्दारकर्ता शिवु खनाल र अजम्मरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पवन शर्मा रिजाललाई खबर गर्नुभएको थियो ।

वन्यजन्तु उद्दारकर्ता खनाल र वनमा अध्यक्षका रिजालले संयुक्तरूपमा उक्त कछुवालाई उद्दार गरि लमहीमा रहेको जैविक विविधता ग्रीनपार्कमा स्थित अजम्मरी पाेखरीमा छाेडिदिनु भएको हाे ।

जलथल जङ्गलको विषयमा वन्यजन्तु अध्ययन अनुसन्धानमा लामो समयदेखि क्रियाशील रहनुभएको चिरञ्जीवी खनालका अनुसार यो कछुवा विरलै मात्र पाइन्छ ।

रङ्गिन कण उत्पादन गर्ने आनुवंशिक तावमा हुने फेरबदल तथा उत्परिवर्तनले कछुवामा यस्तो अवस्था आउने उहाँले बताउनुभएको छ । कछुवाको जाति दुर्लभ नभए पनि यो प्रजातिमा यस्तो अवस्था चाहिँ निकै दुर्लभ हुने उहाँको भनाइ छ ।

Facebook Comments