मुश्लिम समुदायको पवित्र पर्व बकर ईदको अवसरमा भोलि सोमवार प्रदेश ५ सरकारले सार्वजनिक विदा दिने भएको छ । आन्तरिम मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी यस्तो जानकारी दिएको हो ।
गत बैशाख १२ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशस्तरमा दिइने विदा ठोस गरेको र सोहीअनुसार बकर ईद साउन २७ गते परेकाले सार्वजनिक विदा दिइएको हो मन्त्रालयले जनाएको छ ।
यी हुन् प्रदेश ५ मा हुने बिशेष विदा
–बकर इद
–माघी र माघे संक्रान्ति दुई दिन
–प्रदेश स्थापना दिवस फागुन ३ गते
–स्थानीय तहको निर्णयबाट एक दिन
–निश्चित समुदायले पाउने बिदा
जस्तै भुमया पूजा, वडका अटवारी पर्व, रमजान लगायत
बकर इदमा मुख्यमन्त्रीले लिएको शुभकामना
इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम समुदायका दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
विभिन्न जाति र समुदायका पर्व र उत्सवले हाम्रो मुलुक रंगिएको छ । कुनै जाति विशेषले मनाउने पर्व र उत्सव अहिले सबैका साझा पर्व भएका छन् ।सुमदाय विशेषका पर्व साझा बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद विषय हो । सामाजिक सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएर मुलुकलाई एकताको मालामा बाँध्न यी पर्वले महत्वपूर्ण भूमिका खेलेका छन् ।बकर इदले पनि सद्भाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । बकर इदको सांस्कृतिक महत्व र यसले दिने सन्देशलाई समाजमा प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउनआवश्यक छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जात—जाति र समुदायको उत्थान र विकासको लागि ढोका खोलेको छ । अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि पनि संविधानमा आवश्यक प्रबन्ध गरिएको छ । संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्थाले मुस्लिम समुदायप्रति सम्मान व्यक्त भएकोे छ । तीन तहको चुनाव सम्पन्न भएपछि मुलुकमा संविधान कार्यान्वयनको व्यवहारिक अभ्यास भइरहेको छ । संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण तयार हुने छ । सबैले अधिकारको व्यवहारिक रुपमा उपभोग गर्न पाउँदा लोकतान्त्रिक शासन व्यवस्थाप्रति अपनत्व महशुस हुने वातावरण बन्नेछ ।
अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा अघि बढेको छ । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाजनिर्माण गर्ने हाम्रो लक्षहो ।समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ। त्यसकालागिहामीले समृद्ध प्रदेश खुसीजनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका छौ । प्रदेश सरकारको स्थापनाको यो अवधिमा हामीले आवधिक योजना तयार गरी प्रादेशिक विकासको रुपरेखा तयार गरेका छौं । समृद्ध प्रदेशकामाध्यमवाट समृद्ध नेपाल निर्माण गर्नेमहाअभियानमा यस प्रदेशकासबै राजनैतिकदल, समुदाय,संघ संस्था र आमनागरिकमाहार्दिक अपीलगर्दछु ।
अन्त्यमा,बकर इद पर्वको अवसरमा अवसरमा सबैमाहार्दिक मंगलमय शुभकामना ।
शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७६ साउन २७
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।