खेमराज न्यौपाने
भन्छन् “सानोमा सियो चोर्नेले ठूलो भएपछि घर चोर्छ।” यो भनाइ केवल एउटा उखान मात्र होइन, हाम्रो समाजको कठोर यथार्थलाई उजागर गर्ने चेतावनी हो। नेपालजस्तो मुलुकमा जहाँ संस्कार र सामाजिक मूल्य नै चरित्र निर्माणको आधार ठानिन्छ, त्यहीँ संस्कारभित्रै भ्रष्टाचारको बीउ कसरी रोपिन्छ भन्ने विषय निकै गम्भीर छ। आज हामीले देखिरहेको ठुलो ठुलो घोटाला, ठुला–ठुला आर्थिक अपचलन, राजनीतिक बेइमानीहरू कुनै आकस्मिक घटना होइनन्; तिनको सुरुवात त बाल्यकालमै भएका स–साना अभ्यास र चालचलनबाट भएको हो।
नेपालमा बालबालिकाको जीवनशैलीमा पैसा प्रमुख प्रेरक तत्व बनेको छ। पढाइ–लेखाइ, घरकाम, संस्कार आदिमा प्रेरणा आमा–बुबाको मायाले, शिक्षकको अनुशासनले वा सामाजिक जिम्मेवारीले निर्धारण गर्नु पर्ने थियो । तर आजको पुस्तामा त्यो प्रेरणा पैसा भएको छ। पाँच वर्षको नानीलाई पनि होमवर्क गर्न प्रोत्साहन गर्न अभिभावकले “यो काम पुरा गर्यौ भने पैसा पाइन्छ” भन्ने शैली अपनाउन थालेका छन्। सुरुमा यो सामान्य प्रेरणा झैँ लाग्छ—बालकलाई उत्साहित बनाउन गरिएको एउटा साधारण तरिका। तर यिनै अभ्यासले बालमनमा पैसाले मात्र काम गर्नुपर्ने सोचको बिज रोपिन्छ । यसरी, होमवर्क नै पैसामा साटिन थालेपछि त्यो सोच भविष्यमा कार्यक्षेत्रमा पैसा शीत आफ्नो कार्यसम्पादन साट्न थाल्छ । जब त्यस्ता बालबालिका ठुला हुन्छन्, उनीहरूले कुनै काम नि:शुल्क वा जिम्मेवारीको भावले गर्ने कल्पना पनि गर्न सक्दैनन्। यही सोच भ्रष्टाचारको सुरुवाती चरण हो।
हाम्रो दैनिक जीवनका सामान्य घटनाक्रम पनि यसैको प्रतिरूप हुन्। उदाहरणका लागि, घरमा छोरालाई तरकारी ल्याउन पठाइन्छ। बजारमा पचास रुपैयाँको तरकारी किनेर ल्याउँछ तर घरमा भने सत्तरी रुपैयाँ खर्च भएको बताउँछ। बिस रुपैयाँ आफैंले राख्छ। यस्तो अभ्यास बालकलाई चतुराइ, फाइदा, वा आत्मसम्मानको कुरा नभएर, पैसालाई असत्य बोलेर पनि आर्जन गर्न पाइन्छ भन्ने पाठ सिकाउँछ। आज उसले बीस रुपैयाँ फुटमास गर्छ, भोलि राज्यको कोषमा हात हाल्दा ५० करोडको सामन खरिद गरेर ७० करोडको बिल बनाउन पनि उसलाई कुनै अपराधबोध हुँदैन। किनभने त्यो बीउ पहिले नै रोपिएको हुन्छ।
नेपालमा पछिल्ला वर्षहरूमा युवापुस्ताको चर्चा धेरै हुन्छ। विशेष गरी जेनरेसन जेड अर्थात् २८ वर्ष पछिका युवाहरूलाई परिवर्तनको संवाहक भनेर चित्रण गरिन्छ। उनीहरू प्रविधिमा सजग छन्, सामाजिक सञ्जालमार्फत आवाज उठाउँछन्, र भ्रष्टाचारविरुद्ध कठोर बोल्छन्। तर प्रश्न यहीँ छ—के उनीहरू आफैं भ्रष्टाचारको जरा बाट बच्न सकेका छन्?
घरबाट कापी, कलम वा पुस्तक किन्न भनेर पाएको पैसाले साथीहरूसँग खाजा खानु सामान्य कुरा झैँ देखिन्छ। धेरैलाई लाग्छ, यो के ठूलो कुरा हो र? तर यथार्थमा यो नै सुरुवाती बेइमानी हो। जसरी रोगको पहिलो लक्षणलाई सामान्य भनेर बेवास्ता गर्दा पछि घातक हुन्छ, त्यस्तै स–साना बेइमान अभ्यासहरू नै ठुलो भ्रष्टाचारमा परिणत हुन्छन्। बाल्यकालमै असत्यलाई सहजीकरण गर्ने, बेइमानीलाई चतुराइ ठान्ने र पैसालाई नै सबैभन्दा ठूलो प्रेरक शक्ति ठान्ने संस्कारले भविष्यको चरित्र नै नष्ट गर्छ।
यसरी हेर्दा, भ्रष्टाचार केवल कार्यालय वा राजनीतिमा हुने ठुलो आर्थिक अपराध मात्र होइन, यो त जीवनशैली हो। हाम्रो परिवार, हाम्रो विद्यालय, हाम्रो समाज हाम्रो धार्मिक संस्कार नै भष्ट्राचारको पाठशाला बनेको छ।
परिवारको भूमिका
भ्रष्टाचारको बीउ प्रायः परिवारभित्रै रोपिन्छ। जब आमा–बुबाले आफ्ना बालबालिकालाई पैसामा जोडिएका प्रेरणा दिन्छन्, उनीहरूले अनजानेमा “पैसाले मात्र काम हुन्छ” भन्ने पाठ सिकाउँछन्। अझ कतिपय अवस्थामा अभिभावक आफैंले पनि बालबालिकाको बेइमानीलाई प्रोत्साहन गर्छन्। “ठीकै त हो नि, बीस रुपैयाँ त बच्चाले खाँदा के हुन्छ र?” भन्ने सोचले भविष्यको गहिरो समस्याको ढोका खोल्छ। बच्चाले पैसाले किन्न पाएको कुरा अरुमा खर्च गर्दा घरले वास्ता नगरेपछि उसलाई लाग्छ—झूट बोल्नु सजिलो छ, बेइमानी सामान्य छ। यसरी घरमै चरित्र निर्माणको जग खस्कन्छ।
विद्यालय र शिक्षा प्रणालीको प्रभाव
विद्यालय नै भविष्यको चरित्र निर्माणको केन्द्र हो। तर त्यहाँ पनि समस्या प्रशस्तै छन्। धेरै शिक्षकहरूले पनि बालबालिकालाई स–साना काममा प्रलोभन दिन्छन्। कहिलेकाहीँ गृहकार्य नगर्दा सजाय दिइन्छ “गरे भने पुरस्कार” भन्ने शैली अपनाइन्छ। पुरस्कारको स्वरुप पैसा भएन भने पनि, बच्चाले सिक्छ काम केवल प्रतिफलका लागि मात्र गर्नुपर्छ। यसरी शिक्षा प्रणालीले पनि अनजानेमा भ्रष्टाचारलाई जीवनशैलीमा रूपान्तरण गर्न सहयोग पुर्याइरहेको हुन्छ।
सामाजिक भूमिका
नेपालको समाजमा पैसा, पद र शक्ति प्राप्त गर्नका लागि साधनभन्दा परिणामलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको छ। विवाह, संस्कार, उत्सव जस्ता सामाजिक गतिविधिमा पनि पैसाको प्रदर्शन प्राथमिक हुन्छ। यस्तो वातावरणमा हुर्केका बालबालिकाले पैसा नै सबथोक हो भन्ने धारणा लिन्छन्। कसरी प्राप्त भयो भन्ने कुरा गौण हुन्छ। यस्ता संस्कारले भ्रष्टाचारलाई केवल स्वीकार्य मात्र होइन, आवश्यक बनाउँछन्।
धार्मिक भुमिका
हाम्रो समाजमा देवी–देवताको शक्ति पिठमा गएर “माग पूरा भए बोका दिन्छु, परेवा दिन्छु” भन्ने भाकल गर्ने परम्पराले जरा गाडेर बसेको छ। यसलाई धार्मिक आस्था मानिए पनि वास्तवमा यो देवत्वसँग सौदा गर्ने प्रवृत्ति हो। जब विश्वासलाई सर्तमा बाधिन्छ, त्यतिबेला धर्म शुद्ध श्रद्धाभन्दा स्वार्थतर्फ मोडिन्छ। यसरी भाकलको नाममा हुने व्यवहारलाई नै भ्रष्टाचारको प्रारम्भिक रूपका रूपमा बुझ्न सकिन्छ, जसले बालबालिकाको नैतिक मूल्यलाई कमजोर बनाउँछ।
युवापुस्ताको द्वन्द्व
आजको जेनरेसन जेडलाई सचेत, विद्रोही र पारदर्शितामा अडिग पुस्ता भनेर चिनिन्छ। उनीहरू फेसबुक, ट्विटर, टिकटक जस्ता माध्यममा भ्रष्टाचारविरुद्ध तिखा टिप्पणी गर्छन्। उनीहरू सडकमा प्रदर्शन गर्छन्। तर जीवनको सामान्य अभ्यासमा भने उनीहरू पनि भ्रष्टाचारबाट अलग छैनन्। हो, ठुला घोटालामा उनीहरू सहभागी छैनन् होल

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
