दाङकै पत्रकार शारदा शर्माले श्रीमान देबकीनन्दन शर्माको स्मृतिमा देबकीनन्दन महिला पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभएको छ ।
उहाँले बर्षेनी आउने ब्याजबाट क्रियाशील पत्रकार महिलालाई पुरस्कृत गर्न ७५ हजार राशीको अक्षयकोष नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापना गर्नुभएको हो ।
घोराहीमा भएको नेपाल पत्रकार महासंघको प्रदेशस्तरीय कार्यशालामा शर्माले महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यमार्फत अक्षयकोष राशी हस्तान्तरण गर्नुभएको हो ।
आचार्यले महासंघ दाङका अध्यक्ष सविन प्रियासनलाई हस्तान्तरण गर्नुभएको थियो ।
पत्रकार शर्माले आफूले स्थापना गरेको पत्रकारको न्याय गर्ने गरी कार्यबिधि बनाउन महासंघलाई आग्रह गनुृभयो ।
आफू बुहारी पत्रकारको रुपमा यो क्षेत्रमा प्रवेश गरेको उल्लेख गर्दै उहाँले महिलाहरु बिहेपछि पत्रकारिताबाट बिस्थापित हुने गरेकाले त्यसलाई रोक्न थोरै भए पनि सहयोग पुगोस् भनेर अक्षयकोष स्थापना गरेको बताउनुभयो ।
आफ्नो पुरस्कार गैरपत्रकार र पत्रकारिताको आवरणमा गलत धन्दा गर्नेहरुसम्म नपुगोस् भनेर उहाँले सचेत पनि गराउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।