राप्तीबाट काठमाडौं गएर कानुन व्यवसायमा सक्रिय कानुन व्यवसायीको राप्ती–काठमाडौं कानुन समाज गठन भएको छ ।
कानुनको अध्ययन, अनुसन्धान तथा नवकानुन व्यवसायीहरूलाई अदालती अभ्यासको तालिम दिने मुख्य उद्देश्यले समाजको गठन भएको हो ।
११ सदस्यीय समाजको संयोजकमा सूर्यबहादुर वली रहनुभएको छ । सदस्य अधिवक्ताहरू रामचन्द्र (आरसी) गौतम, लोकेन्द्र ओली, अन्जु थापा, खिमानन्द अधिकारी, सुधा धिताल, शर्मिला रेग्मी, सन्देश राजभण्डारी, सुमन आचार्य, सुवास विश्वकर्मा र जगन्नाथ श्रेष्ठ रहनुभएको छ ।
काठमाडौंमा भएको एक विशेष भेलामा वरिष्ठ अधिवक्ता डाक्टर गोविन्द गौतम, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वरिष्ठ अधिवक्ता ठाकुरप्रसाद डिसी, अधिवक्ताहरू भोजराज आचार्य, शिवप्रसाद रेग्मी, मनोहर लामिछाने, पूर्णप्रकाश बस्नेत, प्रेमबहादुर वली, सुवास आचार्य लगायत ६० जना कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।