रुकुमपश्चिम । रूकुम पश्चिमको मुसीकोट नगरपालिकाले बजार क्षेत्रमा मापदण्डविपरीत जथाभाबी बनाइएका अस्थायी संरचना हटाउन थालेको छ । खासगरी मुख्य बजारको सडक छेउछाउमा बनाइएका संरचना हटाउन लागिएको हो ।
रूकुम पश्चिमको जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिकाको मुख्य बजार क्षेत्रअन्तर्गत सल्ले, खलंगा र सेरिगाउँको मूल सडकको दायाँबायाँ बनाइएका अस्थायी संरचना हटाउन नगरपालिकाले पहल थालेको छ ।
पछिल्लोपल्ट गत जेठ २१ गते कार्यपालिकाको बैठक बसी नगरप्रमुख, उपप्रमुख र १२ नं. वडाका अध्यक्ष रहेको ३ सदस्यीय समिति गठन गरी स्थानीय प्रशासनसागको समन्वयमा यस्ता संरचना हटाउने निर्णय भएको थियो । सोही निर्णयअनुसार कार्यन्वयनमा गएको नगर प्रमुख महेन्द्र केसीले बताए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
