• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
छन्द कवितामा गुञ्जिए कविहरू




घोराही: राप्ती साहित्य परिषद् दाङ शाखाले सञ्चालन गर्दै आएको नियमित त्रैमासिक कार्यक्रम अन्तर्गत पचहत्तरौँ ‘छन्दसङ्गम’ श्रृङ्खला सम्पन्न गरिएको छ।

कार्यक्रम राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

राप्ती साहित्य परिषद् दाङ शाखाले महिनाको अन्तिम शुक्रबार नियमित रूपमा कुनै महिना ‘छन्दसङ्गम’, कुनै महिना ‘कृतिको समीक्षा’, त कुनै महिना ‘एकल रचना वाचन’ कार्यक्रम गर्दै आएको छ। यसका साथै परिषद्ले नेपाली भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको उत्थानका लागि दुई–तीन महिनाको अन्तरमा साहित्यिक बहस, पुस्तक परिचर्चा, पुस्तक विमोचन, काव्य उत्सव र सांगीतिक कार्यक्रम पनि आयोजना गर्दै आएको छ।
#
कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाली लेखक संघ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पद्मप्रसाद शर्मा, साहित्यकार गणेश विषम, नारायण नेपाल, हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’, धनसिंह गिरी, दामोदर पौडेल, महेशकुमार न्यौपाने, वीना रोका, एकराज शर्मा अधिकारी, शरद गौतम, सुरेशकुमार पाण्डे, एकनारायण चापागाईं, नगेन्द्र गुरु, रिमा गौतम, सुशीला आचार्य, सुशीलकुमार गुप्ता, गिरिप्रसाद पन्थीलगायतका कविहरूले आआफ्ना छन्द सिर्जना वाचन गरेका थिए।

प्रमुख अतिथिको रूपमा रहेका वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँले दाङलगायत समग्र देशमा छन्द साहित्यको विकास र उत्थानमा ‘छन्दसङ्गम’ले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो।

सो अवसरमा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष डा. टीकाराम उदासीलाई नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको निर्देशकमा हालै नियुक्त हुनुभएकोमा केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाले सम्मान गर्नुभयो। कार्यक्रममा साहित्यकार स्वर्णशिखाले धनसिंह गिरी, कुशल पौडेल र ओमकार शिल्पकारको वाद्यवादन टोलीको साथमा कृष्ण भजन पनि प्रस्तुत गर्नुभयो।

त्यसैगरी कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा दाङ शाखाका सल्लाहकार दीपक शर्मा ‘समीर’, अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसी, साहित्यकारहरू सुभाष न्यौपाने, कृष्णप्रसाद गौतम, वसन्त पोखरेल, गोपाल भुसाल ‘अभिलाषी’, यशोदा केसी, रवि शिल्पकारलगायतको पनि गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रम राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट प्रारम्भ भई सचिव घनश्याम केसीले सञ्चालन गर्नुभएको थियो।

Facebook Comments