घोराही। महेन्द्र बहुमुखी क्याम्पस दाङमा वि.एस.सि. सिएसआईटी र बि.सि.ए.मा अध्ययनरत विद्यार्थीहरूले अध्ययनसँगै कमाउने अवसर पाएका छन् । प्राविधिक सीप र उद्यमशील सोचको संयोजनमार्फत उनीहरूले नयाँ-नयाँ परियोजना निर्माण गरी व्यावहारिक अनुभव बटुलिरहेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन, महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजना एवं क्याम्पस प्रमुख डा. नारायण पन्थीको प्रमुख आतिथ्यमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यार्थीहरूले आफ्ना उपलब्धिहरू प्रस्तुत गरेका थियो ।
वि.एस.सि. सिएसआईटी तेस्रो सेमेस्टरकी निरुता आचार्यले ‘लबलाइन्स’ नामक मोबाइल एप विकास गरी गुगल प्ले स्टोरमा सार्वजनिक गरेको जानकारी दिनुभएको थियो । यसले उहाँलाई नयाँ चुनौतीहरू स्वीकार गर्न प्रेरित गरेको अनुभव सुनाउनु भएको थियो ।
वि.एस.सि. सिएसआईटी छैटौं सेमेस्टरका आयुस अधिकारीले ‘फाइनान्स एफ’ एप निर्माण गरेको र सातौं सेमेस्टरका जगदिश पौडेलले ‘प्रश्नपत्रको संगालो – सिएसआईटी प्रो’ नामक एप लन्च गरेको जानकारी दिनुभयो । यी एपहरू हाल १०० भन्दा बढी सक्रिय प्रयोगकर्ताले प्रयोग गरिरहेका उनिहरुको भनाई थियो।
त्यस्तै, वि.एस.सि. सिएसआईटी छैटौं सेमेस्टरका जगदिश वलि, निर्देश तिवारी, कमल भट्टराई तथा बि.सि.ए. चौथो सेमेस्टरका संजय कार्कीले वेबसाइट डिजाइनमार्फत आम्दानी गरिरहेको बताउनुभएको थियो । विद्यार्थीहरूले यस किसिमको व्यावहारिक अवसर प्रदान गरेकोमा क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियन र सिएसए क्लबलाई धन्यवाद समेत ज्ञापन गरेका थिए । क्याम्पस स्ववियु सभापती दिपेश डिसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक कृष्णदेव थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सचिव सागर पण्डितले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
