दाङ । हालकी दाङ व्यस्त तथा चर्चित मोडल नारायणी खत्री यस वर्षको तीज विशेष कार्यक्रममा जापानमै देखिने भएकी छिन्।
जापानमा रहेका विभिन्न नेपाली संघ–संस्थाहरूको संयुक्त आयोजनामा हुन लागेको ‘तीज धमाका २०२५’ कार्यक्रममा सहभागी हुन खत्री १५ दिने बसाइका लागि जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
बसाइको क्रममा उनले जापानका आठ विभिन्न सहरमा आफ्नो नृत्य र कलात्मक प्रस्तुति दिनेछिन्। कार्यक्रममा उनीसँगै चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, लोकप्रिय गायिका पूर्णकला बी.सी., गायक रेशम सुनारलगायतका कलाकारहरूले पनि प्रस्तुति दिनेछन्।

‘तीज धमाका २०२५’ अगस्ट १९ मा गुनमाबाट सुरु हुनेछ। त्यसपछि अगस्ट २१ मा ओसाका, २२ मा हमामाचु, २३ मा नाकानो जीरो हल टोकियो, २४ मा शिबा पार्क टोकियो, २६ मा नुमाजु लगायत जापानका अन्य प्रमुख सहरहरूमा विशेष प्रस्तुति हुने कार्यक्रम छ।
आयोजकहरूको भनाइमा, ‘तीज धमाका २०२५’ को मुख्य उद्देश्य प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो मौलिक पर्व तीजको उल्लाससँगै नेपाली कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु हो। यस अवसरमा जापानवासी नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई सांगीतिक रमाइलोमा सहभागी भई आफ्नै संस्कृतिको पहिचानलाई अझ मजबुत बनाउन आमन्त्रण गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
