• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहकार्य बलियो बनाउन निरन्तर संवाद




काठमाडौँ। माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहकार्य बलियो बनाउन निरन्तर संवाद भइरहेको छ। समाजवादी मोर्चामा रहेका यी दुई दलले सातै प्रदेशका इञ्चार्जहरूसहित छलफललाई निरन्तरता दिएका छन्।

मंगलबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित दुवै पक्षका सहयोगी नेताहरूको उपस्थितिमा ‘सम्बन्ध’ सुधारबारे छलफल भएको थियो। छलफलमा केन्द्रदेखि प्रदेश तहसम्म सहकार्यलाई मजबुत बनाउने र त्यसका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउन सहमति भएको हो।

दाहाल र नेपालले दुवै दलका प्रदेश इञ्चार्जहरूबाट सहकार्य र पार्टी एकताको सम्भावनाबारे धारणा सुन्नुभएको थियो। प्रदेश इञ्चार्जहरूले पहिलो चरणमा सहकार्य बलियो बनाएर पार्टी एकताको आधार तयार गर्न सकिने सुझाव दिएका छन्।

बैठकमा सहभागी समाजवादी उपाध्यक्ष बेदुराम भुसालले पहिलो चरणमा सहकार्य मजबुत बनाउन निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “दुई दलबीच सम्बन्ध सुधारका लागि निरन्तर छलफल भइरहेको छ। सहकार्य गर्दै जाँदा बलियो आधार तयार भए पार्टी एकतासम्म पुग्न सकिन्छ भन्ने कोणबाट कुराकानी भएको हो।”

गत साता समाजवादी केन्द्रीय कार्यालयमा पनि यस्तै प्रकारको छलफल भएको थियो।

Facebook Comments