• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घाटबाटै शवको हड्डी झिकेर बिक्री गर्ने घाटे बाहुन पक्राउ




पशुपति आर्यघाटमा जलाउन लगिएको व्यक्तिको जल्दाजल्दै अवस्थामा खुट्टाको हड्डी निकालेर बिक्री भएको छ। शवबाट हड्डी निकालेर बेचेको आरोपमा प्रहरीले घाटे बाहुन गणेश ढकाललाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका सहायक प्रवक्ता कुलदिप चन्दका अनुसार बनेपा ८, काभ्रेका ६५ वर्षीय राम शाहीको मृत्यु पश्चात् गत शुक्रबार पशुपति आर्यघाटमा जलाउन ल्याइएको थियो। उनको शव जल्दाजल्दै ढकालले शवबाट खुट्टाको हड्डी निकालेको मृतकका आफन्तले देखेका थिए। ढकालले उनीसँगै रहेका सहयोगीलाई मृतकको शवबाट निकालेको हड्डी दिएका थिए। यसका लागि उनले पाँचसय रुपैयाँ लिएका थिए। पाँचसय लिएर मृतकको हड्डी बिक्री गरेको देखेपछि मृतकका मलामी तथा आफन्तले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी वृत्त गौसालाबाट गएको प्रहरी टोलीले पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपदार्थ र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएसँगै अनुसन्धान थालेको छ। प्रहरी वृत्त गौसालाका प्रमुख सुकदेव खनालका अनुसार मृतकको आफन्तले उजुरी दिएपछि शुक्रबार नै आरोपित पक्राउ परेका हुन्। यो घटना निकै अनौठो र नौलो भएकाले गम्भीर रूपमा अनुसन्धान भइरहेको उनले बताए।

प्रहरी स्रोतका अनुसार आर्यघाट छेउछाउ बस्ने अघोरी बाबालाई शवबाट मासु र हड्डी निकालेर बिक्री गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ। ढकालले अहिलेसम्म ठोस जवाफ दिएका छैनन्। उनले आफूले मासु नभएर हड्डी झिकेको बताएका छन्।

Facebook Comments