• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङका महिला नेताहरुको आह्वान– महिला जिताउन मिसन ८४ मा लागौं




घोराही । दाङका विभिन्न राजनीतिक दलका महिला नेताहरुले राजनीतिक परिवर्तन र संविधानको मर्मअनुरुप राज्यसत्तामा महिला प्रतिनिधित्व बढ्न नसकेको उल्लेख गर्दै सबै तहका निर्वाचनमा महिला उम्मेलवारको सङ्ख्या बढाउँदै जीत सुनिश्चित गर्न मिसन ८४ मा लाग्नुपर्ने बताएका छन् ।

अन्तरपार्टी महिला सञ्जाल दाङको पद हस्तान्तरण तथा तीज मिलन समारोहमा उनीहरुले यस्तो धारणा राखेका हुन् । पछिल्लो राजनीतिकपछि महिलाले उल्लेख्य राजनीतिक अधिकार पाए पनि व्यवहारमा समस्या देखिएको उल्लेख गर्दै वक्ताहरुले संविधान र कानुनको पालना गर्नेभन्दा महिलालाई थप अधिकार दिन राजनीतिक नेतृत्व इमान्दार नदेखिएको टिप्पणी गरेका थिए । निर्वाचनहरुमा पुरुषले हार्दा पार्टीले हारेको र महिलाले हार्दा महिलाले हारेको रुपमा व्याख्या गरेर महिलालाई प्रतिष्पर्धा गर्न रोक्ने प्रवृत्ति दलहरुभित्र हावी रहेकाले यसविरुद्ध लड्नुपर्ने धारणा पनि उनीहरुले राखेका थिए ।

सञ्जालका जिल्ला अध्यक्ष प्रमिता चौधरीको अध्यक्षता एवं सञ्जालका प्रदेश सदस्य पुष्पा श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम गरी पद हस्तान्तरण गरिएको हो । कार्यक्रममा सञ्जालका पूर्वअध्यक्षहरु सावित्रा राना, पुनम शेर्पाइली र सुशीला पौडेल, पूर्वविधायक सम्झना सी, समाज कल्याण केन्द्रका अध्यक्ष निर्मला गौतम र नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी आचार्यले शुभकामना दिनुभएको थियो । कार्यक्रम सञ्चालन सचिव गोमा रावतले गर्नुभएको थियो ।

सञ्जालको अध्यक्षमा चौधरी


यसैबीच अन्तरपार्टी महिला सञ्जाल दाङमा अध्यक्षको जिम्मेवारी नेकपा एकीकृत समाजवादीकी सस्मति चौधरीले पाउनुभएको छ । सञ्जालमा सहभागी दलको तर्फबाट आलोपालो अध्यक्षको जिम्मेवारी लिने क्रममा आगामी कार्यकालका लागि चौधरीले जिम्मेवारी पाउनुभएको हो । यसअघि नेपाली कांगेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दुई–दुई पटक अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

सञ्जालमा सहमतिबाट नेतृत्व चयन गर्ने परम्परा रहेको छ । जसअनुसार उपाध्यक्षको जिम्मेवारी कांग्रेसबाट गिरजा न्यौपाने, सचिव रास्वपाबाट शिला डाँगी, सहसचिव माओवादी केन्द्रबाट गंगा पाण्डे र कोषाध्यक्षको जिम्मेवारी नेकपाबाट रेखा रोका सीले पाउनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कांग्रेसबाट रावित्रा राना, सुशीला पौडेल, गोमा रावत, गिराजा न्यौपाने र देबा डाँगी रहनुभएको छ । सदस्यमा माओवादी केन्द्रबाट प्रमिता चौधरी, मीना बुढा, गंगा पाण्डे, दिलकुमारी बुढा र रेमन्ता पुन रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा नेकपा एसबाट हरिकला बाँठा, रास्वपाबाट निर्मला ओली, नेकपाबाट साधना खड्का सी तथा राजमोबाट कृष्णा राना र पूर्णिमा आचार्य रहनुभएको छ । नेकपा एमालेले भने प्रतिनिधि नपठाएको सञ्जालले जनाएको छ ।

Facebook Comments