• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मार्क इन्टरनेशनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण




विष्णु गोराथोकी
दाङ: मार्क इन्टरनेशनल कलेज घोराहीले धार्मिक र ऐतिहासिक महत्त्व बोकेको बराहक्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गर्नुका साथै चारवटा डस्टबिन हस्तान्तरण गरेको छ।

बराहक्षेत्र संरक्षण तथा संवर्द्धन धार्मिक समितिको संयोजनमा सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष देवबहादुर घर्ती प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। उहाँले २०५२ सालमा स्थापना भएको समितिले वर्षभर पूजा सञ्चालन गर्दै आएको र प्रत्येक वर्ष करिब छ हजार बलि चढ्ने जानकारी दिनुभयो।

उहाँका अनुसार, बराहक्षेत्रका आर्थिक स्रोतहरूमा दर्शनार्थीको भेटी, विभिन्न संघ–संस्थाबाट प्राप्त आर्थिक सहयोग र क्यामेरा परिचालनबाट संकलित शुल्क रहेका छन्। व्यावसायिक होटल सञ्चालनका लागि संरचना निर्माण भइसकेको र तीन जना कर्मचारीको मासिक छयालिस हजार रुपैयाँ खर्च हुनेसमेत उहाँले बताउनुभयो।

अध्यक्ष घर्तीले भन्नुभयो, “मेरो कार्यकालमा कुनै पनि भ्रष्टाचार भएको छैन। समान खरिद जस्ता कार्यमा प्रत्येकपटक नयाँ समिति बनाएर पारदर्शी ढंगले काम भइरहेको छ।” उहाँले आठ दशमलव शून्य बिगाहा क्षेत्रफलमा फैलिएको बराहक्षेत्र सबैको साझा सम्पत्ति भएकाले सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख लालमणि बसेलले गर्नुभयो। उहाँले कलेजले हरेक वर्ष सरसफाइ कार्यक्रममा सहयोग गर्दै आएको उल्लेख गर्दै यस वर्ष बराहक्षेत्रमा कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो।
बसेलले थपे, “कलेजबाट समितिलाई डस्टबिन हस्तान्तरण गरिएको छ। सार्वजनिक सम्पत्ति र सम्पदाको संरक्षणमा सबैले अग्रसर हुन जरुरी छ।”

कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी, बिबिएस र एमबिएस तहका विद्यार्थी, समाजसेवी, बौद्धिक व्यक्तित्व र पत्रकारहरूको उपस्थिति थियो।
कार्यक्रमको सहजीकरण शिक्षक नारायण पौडेलले गर्नुभयो।

Facebook Comments