• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल क्रान्तिकारीले भोलि प्रचण्डसँग वृहत शैक्षिक संवाद गर्दै




नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गरेर शैक्षिक संवाद गर्ने भएको छ ।

अखिल (क्रान्तिकारी) ले बिहीबार अध्यक्ष प्रचण्डसँग शैक्षिक संवाद गर्न लागेको हो । विद्यार्थी संगठनका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले शिक्षा क्षेत्रका वृहत्तर पक्षमा पार्टी अध्यक्ष प्रचण्डसँग सवाल–जवाफ हुने जानकारी गराए ।

बिहीबार बिहान ११:३० बजे प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा ‘विद्यार्थीसँग अध्यक्ष कमरेड प्रचण्ड शैक्षिक संवाद’ कार्यक्रम राखिएको छ ।

Facebook Comments