रुकुमपूर्व भूमे गाउँपालिकामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । वडा नम्बर ६ महतका वर्ष ८० की बलसरी सुनारको मृत्यु भएको हो । आइतबार दिउँसो साढे ४ बजे गोठबाट घर फर्किदै गर्दा वडा नम्बर ६ मा पर्ने सहिदमार्ग सडक खण्डको सितलीपानी भन्ने ठाउँमा पहिरोमा सुनार परेका थिए ।
घटना स्थलमा अचेत अवस्था भएकी सुनारको उपचार स्वास्थ्य चौकी महतमा गरी थप उपचारको लागि रुकुमकोट ल्याउदै गर्दा आइतबार साँझ बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो ।
मृतकको टाउको, खुट्टा अन्य शरीरमा गम्भीर चोटपटक लागेको प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो । मृतकको आज जिल्लामा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ । बर्षायाममा बादी पहिरोको जोखिम हुने भएकोले स्थानीयलाई सचेत भएर आवट जावट गर्न प्रहरीले आग्रह गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।