आजको आधुनिक जीवनशैलीमा मानसिक स्वास्थ्यको महत्त्व दिनानुदिन बढ्दो छ। तनाव, चिन्ता, डिप्रेसनजस्ता समस्याहरूले धेरैलाई प्रभाव पारिरहेका छन् भने मनोसामाजिक चुनौतीहरूले पनि मानिसहरूको समग्र स्वास्थ्यमा गहिरो असर पुर्याइरहेका छन्। यस्ता विषयमा व्यापक बुझाइ र समाधानका उपाय खोज्न मनोसामाजिक तथा मानसिक स्वास्थ्य परामर्शकर्ता गिता यादवसँग पत्रकार श्रवण कुमार यादवले गरेको कुराकानीको सार संक्षेप:
१.आज अतिथि विशेष कार्यक्रम सातावार्तामा यहाँलाई स्वागत छ।
मेरा विचारबारे केही कुरा राख्ने अवसर दिनुभएकोमा तपाईँ अनि तपाईँको पत्रिकालाई धेरै-धेरै धन्यवाद।
२.तपाईंको संक्षिप्त परिचय सहित मानसिक स्वास्थ्य क्षेत्रमा तपाईंको यात्रा कसरी सुरु भयो? बताइदिनुस् न!
सम्पूर्णमा नमस्कार! म गीता कुमारी यादव, स्थायी बासिन्दा राजपुर गाउँपालिका-५, नौसहरा, यो माध्यमबाट आफूलाई परिचय गराउन चाहन्छु। मेरी आमाको उत्तराधिकारीको हैसियतमा म घर–परिवारको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी छु।
मेरो श्रीमान् श्री नागेन्द्र प्रसाद यादव हाल राजपुर गाउँपालिका-५, सालभौरीमा अवस्थित साधारण नमुना उच्च माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत हुनुहुन्छ। हाम्रा दुई जना छोरा छन्। मेरी आमाको सन्तान हामी तीन दिदीबहिनी हौं। मेरा बाबुको नाम उमानन्द यादव र आमाको नाम सुन्दरपति यादव हो। मेरो कर्मघर गढवा गाउँपालिका-६, बालापुर हो।
हाल म मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र र राजपुर गाउँपालिकाको समन्वयमा राजपुर गाउँपालिकाको मनोविमर्शकर्ता (Psychosocial Counsellor) को रुपमा कार्यरत छु। मनोसामाजिक तथा मानसिक स्वास्थ्य क्षेत्रमा मेरो यात्रा सिद्धार्थ सामाजिक विकास केन्द्रबाट सुरु भएको हो। विगतको समयमा बाल संरक्षणका कार्यक्रम हुँदै विभिन्न सामाजिक सेवाका क्षेत्रमा क्रियाशील रही आएकी छु।
३. मनोसामाजिक र मानसिक काउन्सेलिङको अर्थ तपाईंको दृष्टिमा के हो?
मनोसामाजिक र मानसिक समस्यामा परेका व्यत्तिहरुलाई मनोविर्मशकर्ताले समस्या देखि बाहीर ल्याउनको लागी सकारात्मक सहयोग गर्नुलाई नै मनोविर्मशसेवा भनिन्छ । अर्थात समस्या भएको व्यक्ति र मनोविर्मशकर्ता विच समस्या समाधान गर्ने हेतुले सकारात्मक छलफललाई मनोविर्मश भन्निछ । अझै छोटकरीमा भन्नुपर्दा सहमतिका साथ भावनात्मक सहयोग नै मनोविर्मश सेवा हो । मनोविर्मश भन्ने शब्द अंग्रेजीको “Counselling” शब्दको नेपाली रुपान्तरण हो । यसलाई नेपालीमा अनुबाद गर्दा परामर्श भन्ने हुन्छ । मानिसको विद्यमान असुविधा, कठिनाई वा व्यवहारमा परिवर्तन ल्याउन , सुधार गर्न वा समस्या समाधान गर्न सहयोग पु¥याउने उद्देश्यले समस्या भएको व्यक्ति र मनोविर्मशकर्ता बिच हुने योजनावद्ध छलफल वा कुराकानी नै मनोविर्मश सहयोग सेवा हो ।
मनोविर्मश सेवा लियपछी समस्यामा भएको व्यक्ति मनोसामाजिक समस्या देखी बाहीर आउन उसलाई सहज हुन्छ । मनोविर्मश सेवाले व्यक्ति मानसिकरुपमा स्वास्थ रही आफनो दैनिक जिवन चलाउनमा सक्षम हुन्छन। नकारात्मक व्यवहारबाट व्यक्ति सकारत्मक तर्फ परिवर्तन हुन्छन । भावनात्मक आवश्यकता परिपूर्ति गर्न सक्षम हुन्छन, मनोविर्मश सेवाबाट सेवाग्राहीले आफनो समस्या आफैं पत्ता लगाई त्यसको समाधानका उपायहरु पत्ता लगाउन क्षमतावान हुन्छ। त्यसैले मानिसको दैनिक जिवनमा मनोविर्मश सेवा अतिनै महत्पुर्ण छ। मनोविमर्श सेवाले मानव जिवनलाई जहिले पनि सकारत्मक मार्गतर्फ जानलाई बाटो सहज बनाई रहन्छ । यो सेवाले मानव जिवनमा बाँच्न अथाह शक्ति प्राप्त गर्छ त्यसैले यो सेवा लिन एकदम जरुरी छ।
४. हाल नेपालमा मानसिक स्वास्थ्यको अवस्था कस्तो देख्नुभएको छ? खासमा मानसिक स्वास्थ्य के हो?
मानसिक स्वास्थ्य भन्नाले मनोवैज्ञानिक, संवेगात्मक तथा सामाजिक तन्दुरुस्ती भन्ने बुझिन्छ। विश्व स्वास्थ्य संगठन(WHO) का अनुसार मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको त्यस्तो अवस्था हो, जुन व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्दछ, जीवनका सामान्य तनावको अवस्थासँग सामना गर्दछ अनि उत्पादनशील एंवम प्रभावकारी तरीकाले काम गर्न समुदायमा केही योगदान दिन सक्षम हुन्छ। तसर्थ मानसिक स्वास्थ्य भन्नाले समस्या वा तनावपुर्ण अवस्थासँग जुध्न सक्ने मानिसको क्षमतालाई जनाउँछ। हाम्रो जिवन एकसुरमा चलिरहेको अवस्थामा कहिलेकाँही समस्या वा तनाव आइपर्दा खलबलिन सक्छ। मानसिक स्वाथ्य भन्नाले यस्ता समस्या वा तनावपुर्ण अवस्था आए पश्चात पनि पहिलेकै अवस्थामा फर्कन सक्ने क्षमतालाई बुझाउँछ ।
विश्व स्वास्थ्य संगठनले मानसिक समस्यालाई साधारण तथा दैनिक आईपर्ने तनावहरु व्यवस्थापन गर्न कठिनाइ भई दैनिक जिवन, घरायसी तथा समाजमा योगदान गर्न बाधा भएको अवस्था भनि परिभाषित गरेको छ। मानिसले दैनिक जिवनमा भोग्ने सामान्य चिन्ता देखि लामो समयसम्म हुने गम्भीर मानसिक अवस्था मानसिक स्वास्थ्य समस्या हो। मानसिक स्वास्थ्य समस्याले व्यक्तिको मस्तिष्कमा प्रभाव पार्दछ र उस्को भावना , सोचाई र व्यवहारमा परिवर्तन ल्याउँछ। मानसिक स्वास्थ्य समस्या महिला, पुरुष, बालबालिका, वयस्क जोकोहीलाई पनि हुन सक्छ। मानसिक स्वास्थ्य समस्या भन्नाले धेरै डराउने, चिन्ता लिने, बिना कारण उदास हुने देखि लिएर संका गर्ने, हिंसात्मक व्यवहार गर्ने तथा अरु अस्वभाविक व्यवहारहरु देखाउने, गम्भिर खालका व्यवहारगत समस्या जस्ता विभिन्न अवस्थाहरु बुझिन्छ । धेरैजसो मानसिक रोग भएका व्यक्तिहरु अरु व्यक्ति जस्तै सामान्य देखिन्छन त्यसैले व्यक्तिलाई हेरेर वा एकछिन कुरा गरेर उसमा मानसिक समस्या भएको वा नभएको थाहा पाउन सकिदैन। त्यसैले मानसिक समस्या नेपालमा एकदमै बढी रहेको देखिन्छ। विभिन्न कारणहरुले गर्दा मानिसमा मनोसामाजिक तथा मानसिक समस्या एकदमै बढिराखेको छ । मानिसहरुमा मनोसामाजिक तथा मानसिक समस्याको बारेमा अर्थात यो पनि समस्या हो समाधान गर्नपर्छ भन्ने मानिसमा चेतना तथा बुझाई छैन। प्राकृतिक तथा कृतिम विपद र जेनेटिक वा अन्य कारणले पनि यो समस्या झन बढिराखेको छ।
हाल नेपालमा यो समस्या झन धेरै बढेका मैले पाएको छु। हाल नेपालमा १०० प्रतिशत जिवनमा आईपर्ने सामान्य देखि अघात जन्य घटना सम्मको अनुभव भएका व्यक्तिहरु छन। त्यसैगरी ३० देखी ४० प्रतिशत मनोसामाजिक समस्या प्रभावित व्यक्तिहरु छन् र ३ देखी ५ प्रतिशत कडा खाले मानसिक समस्या वा आत्महत्याको सोच आउने व्यक्तिहरु हम्रो समाज तथा नेपालमा छन यो आँकडा मानसिक जनस्वास्थ्य निकालेको छ।
५. तपाईंका सल्लाहका लागि आउने व्यक्तिहरू कुन–कुन प्रमुख समस्याका साथ आउनुहुन्छ?
निन्द्ररा नलागने, खाना अरुचि भएका, चिन्ता लागने, रिस लागने, नकारात्मक सोँच आउने, शारीरीक शिकायत गर्ने, डर लागने , टाउको दुख्ने, रुन मन लाग्ने, धेरै खुशी भएको वा धेरै निरास भएको शँका लाग्ने, मर्न मन लाग्ने, उदाश भएको साँस र्फेन गारो भएका जस्ता लक्षण भएका मानिसहरुलाई मैले सेवा प्रवाह गरिरहेको छु ।
६. यस्ता समस्याहरू समाधान गर्न तपाईंले कुन–कुन विधि प्रयोग गर्नुहुन्छरु कसरी यो क्षेत्रमा सफल हुनुभएको छ?
यस्ता समस्याहरु समाधान गर्न मैले छलफल विधी, खेल विधी, मनोरञ्जनात्मक विधी, प्रश्न उत्रर विधी, खुला प्रश्न उत्रर विधी, सिर्जनात्मक विधी, समुह छलफल विधी, मस्तिषक मन्थन विधी, घटना वर्णन विधी, कथन विधी, प्रदर्शन विधी , व्यवस्थापन, प्रयोगात्मक, खोज अनुशन्धान, मूल्याङ्कन, अध्यात्मिक, अवलोकन, अन्र्तवार्ता, मिमेयाप, वैकलपिक, क्रियाकलाप, रचनात्मक, चित्रानकन, समझना, दैनिक लेखन, मापन, नाटक, कर्यन्वयन, समस्या, गरेर सिकने , खेलेर सिकने आदी विधीहरु मैले प्रयोगमा ल्याउछु। यि विधी हरु समस्या समाधानमा सकारात्मक सहयोग हुन्छ । यो क्षेत्रमा सफलहुन को लागी त मैले मनो विज्ञान, मनोविर्मश शिक्षा अर्थात मनोविज्ञान शिक्षा हाशील गरे, सथै डिप्लोमा शिक्षा हाँसिल गरे र यो कार्यमा सकारात्मक प्रेणा दिने प्रमुख व्यक्तिको स्रोत मेरो आदरणीय गुरु शान्ति पन्डित र गुरु प्रकाश घिमिरे हुनुहन्छ उहाँ दुवै गुरु ज्यूहरुलाई म मेरो हृदय देखी नमन गर्दछु। सथै गणेश पौडेल सर जि, मेयाम सिमा महरा जि उहाँहरुबाट नै म यस कार्यमा सफलता हाँसिल गर्न सके सथै मलाई यस कार्यमा र मेरो मनमा सकारात्मक उर्जा प्रदान गर्ने मेरो पुजनीय माता सुन्दरपती यादव ज्युलाई मेरो शिर झुकाई नमन गर्दछु। मलाई मेरो प्रगतीको हरेक पाईलाहरुमा सधै साथ सर्पोट, अर्थात मेरो लागी सधैँ सकारात्मक उच्च मनोवल बढाई दिने चौतर्फी सकारात्मक अहम भुमिकामा साथ दिने मेरो श्रिमान पतिदेव नागेन्द्र प्रसाद ज्यूलाई कोटी प्रणाम साथै धेरै-धेरै धन्यवाद भन्दछु। साथै मलाई यो ठाँउ सम्म पु¥याउने राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी र उपाध्यक्ष धनपति देवि यादवप्रति हार्दिक आभार प्रकट गर्दछु। मेरो परिवारको सकारात्मक सहयोगले यस कार्यमा मैले साफलता हाँसिल गर्न सके र समस्या भएका सेवा ग्राहीहरुलाई मैले गरेको सकारात्मक सहयोगले जब उहाँहरु आफनो सामान्य जिवन अथवा समस्या रहित भएको भेटदा यस कार्यमा अगाडी वढन झनै हौसला र पेर्णा पाए सथौ यस मनोविर्मश सेवाको कार्य गर्नको लागी स्थान दिने हाम्रो सँस्था मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र र स्ट्रोम फाउन्डेसन यस संस्थाका हाम्रो आदरणीय व्यत्तित्वहरु साथै यस कार्यक्रमको संयोजक आदरणीय व्यक्तित्व राजेन्द्र अधिकारीप्रति समेत हार्दिक धन्यवाद प्रकट गर्दछु।
७. काउन्सेलिङका क्रममा सर्वसाधारणले गर्ने सामान्य गलत बुझाइ के–कस्ता छन्?
यस समाजका व्यक्तिहरु जहिले पनि मन को समस्यालाई वेवास्ता गर्ने, टुना, बोक्सी, देवी देवता, भुत प्रेत, पिचास, धामी, झाँक्री, आदी लाग्यो भन्ने विस्वास गर्ने र झारफुक, झाँक्री, बली, टोक्टा भाकल गरे सन्चो हुने जस्ता गलत धारणा र बुझाई रहेको छ ।
८. नेपाली समाजमा मानसिक स्वास्थ्यलाई कसरी लिइन्छ?
नेपाली समाजमा मनोसामाजिक तथा मानसिक स्वास्थ्यलाई अथवा यो समस्यालाई घृणाका रुपमा लिने, यो समस्या भयो भने कसैलाई भन्नु हुँदैन भन्ने गलत धारणा छ। समस्या भएको व्यत्तिहरुलाई हेला गर्ने, वेवास्ता गर्ने, गाली गर्ने, समयमा उपचार नगर्ने, पुर्वजुनिको पाप हो भन्ने, निको नहुने रोग हो भन्ने जस्ता गलत शब्दहरुको संज्ञा दिने, समस्या भएको व्यक्तिलाई परिवार देखी टाढा राख्ने, समस्या लुकाउन खोज्ने, भन्न नचाहने, समस्या भएको र समस्यामा सकारात्मक सहयोग गर्ने व्यक्ति समेतलाई गलत सोँचाई राख्ने यो साँच्चै मनको समस्या हो भनि वास्ता नगर्ने, यो समस्या समाधान अथवा न्युनिकरणमा स्थानिय निकायको समाजको परिवारको व्यक्ति तथा सरकारको कसैको ध्यान सकारात्मक सोचाईमा नबढेको मानेको छु। यो समस्या प्रति गलत बुझाई छ । पुर्व जुनिको पापहो भन्ने सोच, यस प्रति निकै गलत धारण तथा बुझाई छ।
९. मानसिक समस्या भएकालाई समाजले गर्ने व्यवहार र त्यसको असरबारे तपाईंको अनुभव के छ?
मानसिक समस्या भएकालाई समाजले गर्ने व्यवहार मनोसामाजिक तथा मानसिक स्वास्थ्य लाई अथवा यो समस्यालाइ घ्रिना को रुपमा लिने । यो समस्या भयो भने कसैलाई भन्नु हुदैन भन्ने गलत धारणा छ। यो समस्या समाधान अथवा न्युनिकरणमा समाजको परिवारको व्यक्ति तथा कसैको ध्यान सकारात्मक सोचाई मा नबढेको मनेको छु यो समस्या प्रति गलत बुझाई छ। पुर्व जुनिको पापहो भन्ने सोच, यस प्रति निकै गलत धारण तथा बुझाई छ । समस्या भएकाहरुलाई हेला को नजर तथा मनले सोँचने। घर देखी टाढा गर्न वा पठाउन खोज्ने । समस्या भएका व्यक्तिहरुलाई यदी सकारात्मक सहयोग भएन भने यसको असर अझै बढेर जान्छ । यसको असर बढेयो भने व्यक्तिहरुले आफनो दैनिक क्रियाकलापहरु गर्न सक्दैन। यसको असर मनमा, शरीरमा, समाजमा पर्छ। यसको त्रिकोर्णात्मक असरहरु देखिन्छ।
१०. विद्यालय तथा विश्वविद्यालय लगायत हाम्रो सामुदायीक स्तरमा मानसिक स्वास्थ्य कत्तिको सम्बोधन भएको पाउनुहुन्छ?
विद्यालय तथा विश्वविद्यालयमा मानसिक स्वास्थ्यको बारेमा त्यति सम्बोधन भएको पाइँदैन तर सामुदायिक स्तरमा अलि अलि सम्बोधन भएको पाईन्छ ।
११. सरकार तथा संस्थागत प्रयासहरू कत्तिको प्रभावकारी छन् भन्ने लाग्छ?
सरकार तथा संस्थागत प्रयासहरु निरन्तररुपमा कोसिस पछिल्लो चरणमा याता राम्रो भएको पाईन्छ । र यो कोसीसहरुलाई अझै प्रभावकारी हिसाबले अगाडी बढाएर लैजादा राम्रो हुने देखीन्छ ।
१२. प्रविधिको प्रयोग–जस्तै अनलाइन काउन्सेलिङले कत्तिको प्रभाव पारेको छ?
प्रविधिको प्रयोग जस्तै अनलाईन काउनसिलङले धेरै हद सम्मा समस्याहरु समाधान र जोखिम समस्याबाट बचाएको पाएको छु । यसले गर्दा मनिसहरु ठुलो खतराबाट तत्काल जोगिएका छन्। जस्तै कुनै व्यक्तिलाई आत्महत्याको सोंच आइराखेको छ। काउनसिलरलाई भेट्ने सम्भव छैन भने सञ्चार माध्यमबाट काउनसिलरले दिएको सकारात्मक टिप्स तथा सहयोगले उसको ज्यान खतराबाट बच्न सक्छ। त्यसैले सुविधा हो भनेर यसको दुरुपयोग गर्न अवश्यकता नरहेको र तत्काल सकारात्मक सहयोगको लागी यो प्रविधी उपयोगी छ र धेरै प्रभाव पारेको छ।
१३.मानसिक तनाव वा चिन्ताबाट ग्रस्त व्यक्तिलाई तपाईं के सल्लाह दिनुहुन्छ?
मानसिक तनाव वा चिन्ताबाट ग्रस्त व्यक्तिलाई मैले सबै भन्दा पहिले अनौपचारीक छलफल वार्तालाप यसरी क्रमस सहयोगहरु, पहिचान र छनोट, सम्बन्ध विस्तार, लेखाजोखा, सहमति का प्रोसेसहरु हुदै क्रमस सकारात्मक सहयोगका आवश्यक पर्ने वा सकारात्मक सहयोग हनु भन्दा अगाडी समस्या ल्याउने कारणहरु पत्तालगाई समस्या समाधानका लागी विभिन्न चरणहरुमा प्रवेश हुँदै काउनसिलिङको आवश्यकता भए काउनसिलिङको सेसनलाई सुरु गर्ने हैन भने समस्या भएको व्यक्तिको बिचार बुझेर सकारात्मक सहयोगमा ध्यान दिने। समस्या समाधान हुन नसके उपयुक्त स्थानमा सेवा ग्राहीलाई रिफर सेवा प्रदान गर्ने ।
१४.मानसिक स्वास्थ्य सुदृढ राख्न दैनिक जीवनमा पालना गर्न सकिने सरल उपायहरू के–के हुन्?
जस्तै की दैनिक अरामदायी अभ्यास गर्ने, मनोरञ्जन गर्ने, सामाजिक क्रियाकलापमा भागलिने, राति छिटो सुत्ने विहान छिटो उठने बानि बसालने, बिहान बिहान सितलमा हरियो घाँसमा हिडने,परिवार सँग कुराकानि गर्ने , परिवारको साथमा बसेर भोजन गर्ने, आफनो मनको कुरा आफनो परिवार वा मनमिलने व्यक्तिलाई सेयर गर्ने, यदी यति सरल उपायहरु अपनाउदा अपनाउदै पनि दैनिक जिवनमा दैनिक क्रियाकलापमा परिवर्तन आउछ वा असहज हुन्छ। निरन्तररुपमा आफुलाई असहज वा गारो बनाउछ भने मनोविर्मशकर्तासँग मनोविर्मश सेवा लिन पर्छ ।
१५.तपाईंको व्यक्तिगत जीवनमा काउन्सेलिङले तपाईंलाई कसरी परिवर्तन गर्यो?
छोटकरीमा भन्नु पर्दा मेरो जिवनमा मैले हरेक कुराहरुलाई सकारात्मक तरिकाले लिने गर्छु र मेरो रुचिनै समाजको सेवा गर्ने थियो। त्यसैले मैले यो मनोविर्मश सेवा गर्न तत्पर भएको हुँ। मैले अगाडी बढेर कुनै पनि काम गर्नको लागी मेरो जिवनको हरेक सुख-दुःखमा साथ दिने मेरो प्रगतिमा सधैं सफलता देख्न चाहने मेरो श्रिमान र मेरो परिवारको ठुलो सकारात्मक भुमिका छ, त्यो मैले मनै देखि बुझेको छु । यसरी मैले समाजको सकारात्मक सहयोग गर्न पाएको छु। धेरै खुशी छु। त्यसैले म भन्छु कि नयाँ सुरुवातको लागी कहिले पनि ढिला गर्नु हुदै । हिजो थाहा थिएन आज थाहा भयो कि मनको समस्या मनोविर्मशकर्तासगँ सकारात्मक सहयोग लिनको लागी अगाडी बढे राम्रो होला! त्यसैले मुस्कीलले पाएको जिवनलाई आहा बनाउनुस। मैले मेरो परीवारको हरेक सदस्यहरुलाई सकारत्मक बिचारले भरेको छु। आफ्नो परिवारबाट सकारात्मक साथ र सहयोग प्रसस्तमात्रामा सहयोगको हातहरुको ओटले मलाई यो काम गर्न झन सजिलो भैदियो र सहज हुँदै आएको छ। सकारात्मक चिन्तनले हरेक कुरामा ठुलो प्रभाव पार्ने हुनाले हरेक मानिसले सकारात्मक सोंच राखेमा जिवनको गोरेटो अत्यन्तै सरल बन्न जान्छ। मैले सबै जसो कुरालाई सकारात्मक रुपले लिने गरेको हुँदा यस कार्यप्रति प्रेरित भएको हुँ। मैले समाजमा गरेको समाजिक सेवालाई राम्रो कार्य भएको महसुस गरेर मेरो सकारात्मक सहयोगलाई यस पत्रिका मार्फत समाजको नजरमा बुल्नद गर्न दिएकोमा पत्रकार श्रवण कुमार यादव ज्यूलाई हृदय देखी धेरै-धेरै धन्यवाद भन्न चाहन्छु। मेरो कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबै मनहरु मेरो स्मरणमा हुनुहुन्छ साथै धेरै-धेरै धन्यवाद भन्नचाहन्छु। नमस्कार शुभ दिन!

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
