• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्रमा स्थायी समिति बैठकको तयारीः विभिन्न एजेण्डा तय




नेकपा (माओवादी केन्द्र)को १६ गतेदेखि बस्ने स्थायी समिति बैठकका एजेन्डा तय भएका छन्। बुधबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले स्थायी समिति बैठकका एजेन्डा तय गरेको हो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा रिर्पोटिङ पेश गर्ने पहिलो एजेण्डा तय भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । त्यस्तै पार्टीले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग अभियानलाई निरन्तरता दिनेबारे छलफल हुनेछ, अभियान पोखरा पुगेर रोकिएको छ ।

त्यसैगरी स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक तोक्ने, समाजवादी मोर्चालाई सक्रिय बनाउने, संगठन निर्माण, कार्यविभाजन, आन्तरिक एकता सुदृढीकरणबारे एजेण्डामा निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।

Facebook Comments