• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रास्वपाले सदनको को बिरोध जारी राख्ने




भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ।

रुपन्देहीको भैरहवामा बुधबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेतिथि मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

बैठकले सदनमा जारी आन्दोलनलाई फराकिलो बनाउँदै सडकबाट समेत आन्दोलन गर्ने निर्णय गरेको उनले बताए।

यस्तै बैठकले भूमि, निजामती, शिक्षा लगायतका विधेयकमाथि संसद्को क्षेत्राधिकारलाई तोडेर आक्रमण भएको भन्दै सदनमा सशक्त भएर आवाज उठाउन समेत सांसदहरूलाई निर्देशन दिइएको परियारले बताए।

बैठकले लुम्बिनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्बिनीको पर्यटन क्षेत्रमा देखापरेका अप्ठेरा लगायतका विषयलाई सदनमा लैजाने निर्णय गरेको छ। यस्तै बैठकले प्रवासी नेपालीहरूको मताधिकारको व्यवस्थाको कार्यान्वयनका लागि समेत सरकारसँग माग गरेको छ।

Facebook Comments