दाङ। वाइसीएल नेपालले ‘श्रम तथा उत्पादनमा वाइसीएल’ भन्ने नारासहित सञ्चालन गरेको दुई महिने अभियानअन्तर्गत दाङको बबई गाउँपालिकामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

वाइसीएल नेपाल बबई गाउँपालिका समिति आयोजनामा सम्पन्न उक्त कार्यक्रम श्री भानुभक्त मावि कौसिलापुर, श्री जनज्योति प्रावि खयरपट्टी, श्री जनश्रम आवि हस्तनापुर र सिद्धिगणेश प्रावि सुन्दरखालमा सञ्चालन गरिएको थियो।

वृक्षरोपण कार्यक्रममा पार्टीका प्रदेश सचिवालय सदस्य, अन्य कमिटीका नेता–कार्यकर्ता, वाइसीएल नेपालका केन्द्रीय सचिव, लुम्बिनी प्रदेश उपाध्यक्ष, केन्द्रीय सदस्य, प्रदेश सहसचिव, प्रदेश सदस्य, जिल्ला अध्यक्षसहित पालिकास्तरीय अध्यक्ष, पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा सहभागी सम्पूर्ण कमरेडहरूप्रति आयोजकले आभार प्रकट गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
