• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गणतन्त्रको इतिहास अब पर्दामा, चलचित्र ‘जनक्रान्ति’को पोष्टर सार्वजनिक




नेपालमा गणतन्त्र स्थापनाका लागि भएको जनआन्दोलनको कथामा आधारित नेपाली कथानक चलचित्र ‘जनक्रान्ति’ निर्माण गरिने भएको छ ।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्नुभएको हो ।

पोस्टर सार्वजनिक गर्दै प्रचण्डले गणतन्त्र स्थापनाका लागि भएको संघर्ष र त्यसपछिको सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थाबारे नयाँ पुस्तालाई जानकारी दिन चलचित्र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । “हिजोको समाज के थियो र गणतन्त्र किन जरुरी भयो भन्ने बुझ्नका लागि यस्तो प्रयास महत्वपूर्ण हुन्छ,” प्रचण्डले भन्नुभयो ।

रुद्राक्ष फिल्म्स प्रा.लि. को ब्यानरमा निर्माण हुने यो चलचित्रको निर्देशन उपेन्द्र तिमिल्सिना ले गर्ने प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप वाग्लेले जानकारी दिनुभएको छ । चलचित्रको कथा जनआन्दोलनका विभिन्न चरण र त्यसमा सहभागी जनताको संघर्षमा आधारित रहने छ ।

निर्माण पक्षका अनुसार ‘जनक्रान्ति’ भदौ दोस्रो साताबाट छायांकनमा जानेछ भने फागुन १ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।चलचित्रको छायांकन रुकुम पूर्व र पश्चिम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दिया जस्ता पश्चिमका जिल्लादेखि धनकुटा, खोटाङ, भोजपुर र सर्लाहीसम्मका क्षेत्रमा गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

निर्माता रुद्र प्रसाद खनाल ले चलचित्र नयाँ पुस्तालाई नेपालको राजनैतिक इतिहास बुझ्न सजिलो हुने गरी तयार पारिने बताए । “गणतन्त्र स्थापनाका लागि गरिएको बलिदान र संघर्षको कथा अब पर्दामार्फत आउनेछ,” निर्माता खनालले बताए । राजनीतिक चेतना र सामाजिक सन्देश बोकेको चलचित्र ‘जनक्रान्ति’ नयाँ पुस्ताका लागि पाठशालाको रुपमा बन्ने अपेक्षा गरिएको छ ।।

Facebook Comments