घोराही। घोराहीमा एकैथलोमा ६६ जना व्यवसायीले रक्तदान गरेका छन्। रेडिमेड तथा फेन्सी व्यवसायी समिति घोराहीको आयोजनामा सम्पन्न उक्त रक्तदान कार्यक्रम बिहान ७ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको थियो।

व्यवसायीहरूले नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा रक्तदान गरेका हुन्। समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीसहित विभिन्न वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए।

समितिका उपाध्यक्ष हरिप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ उवासंघका पूर्वअध्यक्ष नारायणप्रसाद भुसाल, रक्तसञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेलगायतले बोल्नुभएको थियो। कार्यक्रमको सञ्चालन समितिका सचिव सञ्जीव श्रेष्ठले गर्नुभएको थियो।

समितिका अनुसार वर्षायाममा विभिन्न रोगको संक्रमण बढ्ने भएकाले रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
