• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा जनमुक्ति सेनाका कमान्डर तथा योद्धाबीच भावनात्मक भेटघाट




दाङ। जनमुक्ति सेनाका पूर्वकमान्डर तथा योद्धाहरुबीच तुलसीपुर–१८ वर्लेनीमा बहुआयामिक भावनात्मक भेटघाट र छलफल सम्पन्न भएको छ। जनयुद्धको समयमा अग्रपंक्तिमा रहेर लड्ने योद्धाहरूको सुखदुःखमा साथ दिने उद्देश्यले गरिएको छलफलमा क्रान्तिकारी विरासत जोगाउने विषयमा समेत महत्वपूर्ण कुराकानी भएको सहभागीहरूले बताएका छन्।

छलफलमा जनमुक्ति सेनाका क्यान्टोनमेन्टहरू भग्नावशेषमा परिणत हुँदै गएका सन्दर्भमा ती स्थानलाई “क्रान्ति संग्रहालय”का रूपमा विकास गर्ने प्रस्ताव उठाइएको थियो। साथै, जनयुद्धको पीडा बोक्दै बाँचिरहेका घाइते योद्धाहरूको वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गर्दै, उनीहरूको सहयोगका लागि विभिन्न उपायहरूबारे प्रारम्भिक छलफल गरिएको छ।

कार्यक्रम संयोजन तत्कालीन ब्रिगेड कमाण्डर भीमदत्त खड्का (सन्तोष)ले गर्नुभएको थियो। आगामी दिनमा यसलाई अझ विस्तारित र संगठित ढंगले आयोजना गर्नुपर्ने सहभागीहरुले बताएका छन्।

सोही अवसरमा जनयुद्धका घाइते योद्धा विद्रोहीलाई सहयोग स्वरूप रु ११ हजार सात सय नव्बे रुपैयाँ हस्तान्तरण गरिएको छ। विद्रोही हाल वर्लेनीमै अत्यन्त कष्टकर जीवन यापन गर्दै आइरहेका छन्।

Facebook Comments