• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
च्याउ खाएर निधन भएका दिदीभाइको सामूहिक अन्त्येष्टि




घोराही । विषालु च्याउ खाएर निधन भएका रुकुमपूर्वका दिदीभाईको दाङमा सामूहिक अन्त्येष्टि गरिएको छ । उनीहरुहरुलाई घोराहीको रझेनास्थित शंखेपिपल घाटमा सामूहिक अन्त्येष्टि गरिएको हो ।

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ५ सेवाबाङमा जङ्गली च्याउ खादा एकै घरका दिदी भाइको मृत्यु भएको थियो । मृत्यु हुनेमा ३ योजन बिक र ६ वर्षीया भाग्यरेखा बिक रहेका छन् ।

उनीहरू मध्ये योजनको उपचारका लागि ल्याउँदै गर्दा सल्यानको श्रीनगरमा मृत्यु भएको थियो भने भाग्यरेखाको राप्ती स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

च्याउ खाँदा आमा रामकुमारी सहित ९ बर्सिया छोरी आयुषा बिक बिरामी परेका थिए । बिरामी मध्ये आयुषाको नेपालगन्जमा उपचार भइरहेको छ भने आमा रामकुमारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएकी छन् ।

उनीहरू जङ्गलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका थिए । उनीहरूलाई बिरामी परेको तीन दिनपछि साउन ५ गते जिल्ला अस्पताल रुकुमकोट लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि अस्पतालले रिफर गरेको थियो ।

Facebook Comments