दाङ। दाङको घोराही उपमहानगरपालिका–१५ मा अवस्थित ज्ञानसिन्धु माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।


कार्यक्रम विद्यालयका प्राचार्य हुकुमबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कक्षा ११/१२ का संयोजक तिलक अधिकारी, शिक्षक आनन्द डाँगी, विद्यालयका पूर्व विद्यार्थी शर्मिला बुढाथोकी, ललिता परियार र शर्मिला बिक तथा कक्षा १२ का विद्यार्थीहरु आयुष बिश्वकर्मा, निर्मला खड्का, किरण गिरी र दिलकुमारी ओलीले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सुरुवात शिक्षक नरेन्द्र केसीको स्वागत मन्तव्यबाट गरिएको थियो भने सञ्चालन शिक्षक देबराज भण्डारीले गर्नुभएको थियो।
अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले विद्यालयको शैक्षिक गतिविधि, उपलब्ध स्रोतसाधन, अनुशासन र आत्मविकासका पक्षमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए। उनीहरूले नयाँ विद्यार्थीहरूलाई शिक्षा जीवनको महत्त्व, लक्ष्य निर्धारण, समय व्यवस्थापन र सकारात्मक सोचका बारेमा प्रेरणा प्रदान गरेका थिए।
ज्ञानसिन्धु माविमा कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन र कानुन संकायमा अध्यापन भइरहेको छ। विद्यालयले नयाँ विद्यार्थीलाई सहज वातावरणमा घुलमिल गराउन र उनीहरूलाई विद्यालयप्रति आत्मीयता बढाउनका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
