• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ग्लोबल एजुकेसन एक्सप्लोर २०२५ दाङमा भव्य रूपमा सम्पन्न




दाङ। ग्लोबल हब एजुकेशनल नेटवर्कले आयोजना गरेको ‘ग्लोबल एजुकेसन एक्सप्लोर २०२५’ कार्यक्रम आज घोराहीस्थित माला इन होटलमा भव्य रूपमा सम्पन्न भएको छ।

बैशाख २०८१ मा दाङमा शाखा स्थापना गरेको ग्लोबल हबले छोटो समयमै जिल्लामै अग्रणी परामर्श संस्था (कन्सल्टेन्सी) को रूपमा सफलता हात पार्दै आएको छ। यस्तै सफलता र अनुभवलाई थप विस्तार गर्दै संस्थाले विद्यार्थीहरूलाई विदेशी शिक्षाको अवसर र प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमको सभापतित्व ग्लोबल हब एजुकेशनल नेटवर्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवराज बन्जाडेले गर्नुभएको थियो।

यसअघि श्रावण १ गते बुटवलमा सम्पन्न सोही कार्यक्रमको यो दोस्रो श्रृंखला हो।

कार्यक्रमको मुख्य आकर्षण युके र अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनको बारेमा गरिएको विशेष परामर्श सत्र थियो। बेलायत र अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्दै आएका आधिकारिक प्रतिनिधिहरूले उपस्थित विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष परामर्श दिएका थिए।

कार्यक्रममा विद्यार्थी तथा अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विदेशी शिक्षाबारे यथार्थ र भरपर्दो जानकारी दिने भएकाले उपयोगी भएको प्रतिक्रिया दिएका छन्।

ग्लोबल हबका अनुसार निकट भविष्यमा नेपालका अन्य सहरहरूमा पनि यस्ता कार्यक्रम विस्तार गरिनेछ।

विदेशी शिक्षाको सपना बोकेका विद्यार्थीहरूका लागि आवश्यक मार्गदर्शन र सहयोग प्रदान गर्दै आएको ग्लोबल हब एजुकेशनल नेटवर्कले यस्ता कार्यक्रममार्फत विश्वसनीय शैक्षिक परामर्शको गन्तव्यका रूपमा आफूलाई स्थापित गर्दै आएको जनाएको छ।

Facebook Comments