रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका १ लुगुममा साउन ३ गते शनिवार झाँक्री मेला लाग्दै छ । यो रुकुमपूर्वको दुर्लभ मौलिक मेला हो, जहाँ धेरै झाँक्रीहरु एउटै थलोमा नाँच्ने गर्दछन् ।
यसैबीच भूमे गाउँपालिका वडा नम्बर १ ले एक सूचना जारी गरी मेलालाई भव्य र सभ्य बनाउन सबैलाई आग्रह गरेको छ । मेला सभ्य बनाउन केही नियम पनि सार्वजनिक गरिएको छ ।

वडाध्यक्ष मनकाजी पुन मगरले जारी गरेको सूचनाअनुसार वडाले मेलामा अनुशासन र सुव्यवस्था कायम गर्न विभिन्न नियमन बनाइएको छ । जसअनुसार बाहिरबाट मेला हेर्न आउने दर्शकहरूलाई सिस्नु हान्न पाइने छैन । एक जना झाँक्री नाच्दा एक जना मात्र चुल्मी मात्र नाँच्न पाइने छ । त्यस्तै झाँक्री नाच्ने स्थलमा अनावश्यक भिड नगर्न पनि वडाले आग्रह गरेको छ ।
सूचनामा भनिएको छ— सूचनामा उल्लेख गरिएका मापदण्ड नमान्ने व्यक्तिहरूमाथि नेपालमा प्रचलित कानुन अनुसार आवश्यक कारबाही गरिनेछ। वडाध्यक्ष मगरका अनुसार मेलाको सांस्कृतिक महत्व र स्थानीय परम्पराको संरक्षणलाई मध्यनजर गर्दै यो जानकारी प्रकाशित गरिएको हो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
